mobile top
सैलुङ खबर
सोमबार, २४ कार्तिक २०८३, ०१ : ०२ : ४३ | Nov 9, 2026
singel post top banner

नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, पौष २३, २०७७
|
|
१४१८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा

सारांश

  • तपाईहरुले नेपालमा रामराज्य व्यवस्था लागु हुनुपर्छ भन्दै आउनु भएको छ यो भनेको के हो ?
  • नेपालमा बहुदलीय संसदीय व्यवस्था छ ।
  • यो ब्यवस्थामा धेरै विकृतिहरु आए ।

नेपालमा बहुदलीय संसदीय व्यवस्था छ । यो ब्यवस्थामा धेरै विकृतिहरु आए । यो व्यवस्था जनताको हितमा छैन । यो ब्यवस्थाको ठाउँमा निर्दलीय पञ्चायती व्यवस्था ठिक छ भनेर २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गर्नु भएको थियो । २०५२ साल फागुन १ गते माओवादीहरुले यो संसदीय व्यवस्था भनेको खसीको टाउँको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो यसले मुलुको कल्याण गर्दैन भनेर हिसांत्मक द्धन्द्ध मच्चाए । १७ हजार मान्छेहरु पनि मरे ।                                    अर्बौको राष्ट्रिय सम्पतिको स्वाहा भयो । फेरी आएर यही बहुदलीय संसदीय व्यवस्थामा घुसेर फेरी जनताको शोषण गर्ने । अन्याय अत्याचार गर्ने । दमन गर्ने काम भइरहेको छ । जनताप्रति विश्वासघात भएको छ । त्यसकारण हामीले यो बहुदलीय संसदीय व्यवस्थाको साटो रामराज्य व्यवस्था नेपालमा लागु हुनुपर्छ भन्दै आएका छौं । हामी यसको अभ्यास पनि गरिरहेका छौं ।
तपाईले भन्नु खोज्नु भएको अहिलेको संविधान बेठीक छ, रामराज्य व्यवस्था हुनुप¥यो भन्ने हो ?
एकदम हो । अहिलेको सातौँ संविधान जातजातमा आधारित छ । भेदभाव, भष्ट्राचार, धर्म निरपेक्षतामा आधारित छ । संघीयतामा आधारित छ । गणतन्त्रमा आधारित छ । विभिन्न वाईघात कुराहरुमा आधारित त । यसलाई सर्बमान्य संविधान छ भन्ने ठाउँ नै छैन । यो जसले भनिरहेको छ । त्यसले भ्रम श्रृजना गरिरहेको छ । अपव्याख्या गरिरहेको छ । जनतालाई भ्रम सृजना गर्नलाई मात्र गरिहेको छ ।
तपाईले भन्नु भएको रामराज्य व्यवस्थामा कस्तो नेपाल हुन्छ ?
रामराज्य व्यवस्था भनेको सत्यमा आधारित व्यवस्था हो । रामराज्य व्यवस्था भनेको जनतालाई निर्णायक मान्ने । जनतालाई जर्नादन मान्ने हो । जनतालाई ईश्वर मान्ने र सबैलाई समदृष्टि राख्ने र कोही पनि भोको नाङ्गो आदि समस्याग्रस्त नहोस । कोही घरवार विहिन नहोस । रोजगार विहिन नहोस । विदेशमा गएर स्वाभिमान र राष्ट्रियता बेच्न नपरोस् । सबैले मुलुकभित्र काम पाउन अनि यो मुलुक गरिवी राष्ट्रबाट विकशित मुलुक होस । भेदभाव मुतmराष्ट्र होस । भष्ट्राचार मुक्तराष्ट्र होस । प्रतिव्यक्ति आय कम्तिमा मासिक एकलाख होस । सतप्रतिशत रोजगार होस । यो नेपालमा खुल्ला सिमाना छ । प्रत्येक दिन हाम्रो सिमाना मिचि राखेको छ । सिमाना बन्द होस । भारतमा भिषा सिस्टम लागु होस । पहिला राणा शासनमा उनीहरु नेपालको पशुपति दर्शन गर्नको लागि उनीहरुले ३ दिनको भिषा लगाएर आउनुपथ्र्याे । २००७ सालको सम्झौता पछि हटेको कारणले समस्या भएको छ । हामी परनिर्भर छौँ । स्वाधीन छैनौ । त्यसैले हरेक क्षेत्रमा हाम्रो मुक्तिको आन्दोलन आवश्यक छ ।
तपाईहरुले भन्दै आएको रामराज्य व्यवस्थामा नेपालको शासन प्रणाली कस्तो हुन्छ ?
मन्त्री र मन्त्रालयहरु रामराज्य व्यवस्थामा हुदैनन् । रामराज्य व्यवस्थामा मन्त्री र मन्त्रालय बन्ने भनेको भष्ट्राचारको मुहान हो । त्यसमा मन्त्रीले भष्ट्राचार गर्न सचिवहरुलाई लगाउछ र हुदाँहुदाँ पिउनसम्म आउछ । अहिले जति घुसतन्त्र चलेको छ त्यो मन्त्री र मन्त्रालयको कारणले हो । रामराज्यमा नौ वटा सचिवालय हुन्छन । नौ वटा सचिवहरु हुन्छन । राज्य प्रमुख र उपप्रमुख जनताबाट प्रत्यक्ष चुनिन्छन । निर्वाचनबाट नै आउछन । हामीसँग ३२ वटा आयोगहरु छन । जस्तो शिक्षा सेवा आयोग । स्वास्थ्य सेवा आयोग । त्यसमा आयुक्त हुन्छ । शिक्षा आयोगमा शिक्षा क्षेत्रबाट नै विज्ञहरुले वा सदस्यहरुले नै चुन्नु हुन्छ । त्यसरी त्यहाँ आयोग बन्छ आयुक्त उपप्रमुख हुनुहुन्छ । शिक्षा क्षेत्रको प्रमुखले मन्त्रीको काम गर्छ । यो व्यवस्थामा ३२ जना आयुक्तले नै गर्छ । अनि एक जना पाल । भष्ट्राचार मुक्त गर्न । अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान्य कर्मचारीलाई मुद्दा लगाउने काम गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति र प्रधानन्यायधिशलाई त्यसले कारवाही त गरेको छैन । गर्न सक्ने हैसियत पनि राख्दैन । आफ्नो मान्छे भर्ती गरेको हुन्छ । आफ्नो सम्पर्कमा नभएका व्यक्तिलाई कारवाही गर्ने र सम्वन्ध भएकालाई तामेलिमा राखेर कारवाही नगर्ने परम्परा छ । जस्तो लडाकुहरु थिए नक्कली लडाकुहरु बनाएर अर्बौ खाइयो । त्यो फाईल त्यहाँ छ खै त कारवाही गरेको ? यस्ता यस्ता धेरै उदाहरणहरु छन ।


रामराज्य व्यवस्थामा राष्ट्र प्रमुख को हुन्छ त ?
रामराज्य व्यवस्थामा हामी राजावादी होइनौ । राजा आउ, देश बचाउ हामी भन्दैनौँ । अब राष्ट्र प्रमुखमा राष्ट्रपाल हुन्छ । धर्मपाल भने जस्तै राज्यपाल हुन्छ । रामराज्य व्यवस्थामा राजा आवश्यक छ । राजा राष्ट्र एकताको प्रतिक हो । तर शासन गर्ने राजा होइन । रामराज्यमा नाम मात्रको राजा हुन्छ । यसमा धर्म निरपेक्ष हुदैन । धर्म सापेक्ष हुन्छ । धर्म निरपेक्ष संसारमा कतै पनि हुदैनन । म एउटा उदाहरण दिन चाहान्छु । सूर्य निरपेक्ष हुनै सक्दैनन । सूर्य सापेक्ष हो । सूर्यबाट ताप, शक्ति प्राप्त गरेका छौँ । त्यस्तै हावाबाट पनि । आकाशबाट पनि । कही पनि निरपेक्ष हुन सक्दैनन । निरपेक्ष कृतिम रुपमा बनेको छ । निरपेक्ष भनेको अर्थ धर्म भव साम भव भन्नुको अर्थ एउटै हो । त्यसैले धर्म निरपेक्ष भनेको वाईघात चिज हो । नेपाल विश्वको एकमात्र हिन्दु राष्ट्र भनेर पहिले थियो । त्यो हाम्रो पहिचान थियो । त्यो अन्तर्राष्ट्रिय रुपमा पहिचान थियो । त्यो यथावत रुपमा कायम हुनुपर्दछ ।
रामराज्य व्यवस्थामा हाम्रो समाजमा जुन विविधता छ, विभिन्न जातजाति छौ । उनीहरुको समावेशीकारणको सवालमा तपाईहरुको बुझाई के हो ?
हाम्रो पहिचान भनेको हामी नेपाली हौ । नेपाली हो भन्दा कति अपनत्वपन हुन्छ हामीलाई । एक अर्कोलाई माया गर्छौ । कति हामी भावुक हुन्छौँ । समग्रमा क्षेत्री, मगर, थारु ब्राह्माण, नेवार तामाङ त्यो जातजाति वा कुल पुजाको लागि हो । आ—आफनो हिसावले गरेको छ । ति संस्कृतिका कुराहरु हुन । हाम्रो मूल जात भनेको नेपाली हो । अहिले जुन खालको जातजातिको कुराहरु ल्याइएको छ । हामीलाई कमजोर बनाउने काम चलिरहेको छ । यी सबै कुराहरु हटाउनु पर्छ ।
पछिल्लो समय रामराज्य व्यवस्थाले विभिन्न खालका गतिविधि र कार्यक्रम गर्दै आएको छ । संविधान घोषणा गर्नेदेखि प्रतिकात्मक नेपाल सरकार गठनसम्मका कामहरु गरिरहनु भएको छ । अन्य अभियानहरु के—के गरिरहनु भएको छ ?
बहुदलीय व्यवस्था स्थगित गर्नुप¥यो । अहिले यो बहुदलीय संसदीय व्यवस्थाले विकृति विसङ्गती गरेको हुनाले हामी नेपालीले ठाउँठाउँमा जातीय, धर्मनिरपेक्ष, गणतन्त्र विभिन्न क्षेत्रमा बाढेको हुनाले यो सातौँ संविधान नै आफैमा गलत छ । यो संविधानको ठाउँमा आठाँै संविधान जेठ २७ गते पृथ्वी जयन्ती छ । त्यसको सेरोफेरोमा हामीले संविधान जारी गर्छौ । हामीले प्रतिकात्मक नेपाल सरकार गठन गरेका छौँ । यसलाई अभ्यास गदै छौ । यसमा दिगो र दरिलो व्यवस्था आउछ । यसमा समग्र नेपालीहरु रहन्छन । हामीमा कुनै भेदभाव हुदैन । भष्ट्राचार शून्य हुन्छ । किनभने कार्यपालिकाले अहिले विकास निर्माणको सारा कुरा कार्यपालिकाको हातमा छ । जे गर्न सकिन्छ त्यो जनतालाई भन्नु प¥यो । इमान्दार र जनताप्रति उत्तरदायी हुनुप¥यो । त्यसैले हामीले पद्धति नै परिवर्तन गरेका छौ । न्यायपालिका हाम्रो कस्तो हुन्छ भने निःशुल्क न्याय सम्पादन हुन्छ । न्याय भनेको जनताले निःशुल्क पाउनु पर्छ । अहिले अदालतमा जादा २० हजार नदिने हो भने निवेदन लेखिदैन । त्यति महगंो छ न्याय । तारिक धाउदाधाउदै उसको जिन्दगी वित्छ । नातीको पालामा ६० वर्षपछि मुद्दा फैसला हुन्छ । न्याय भन्ने कुरा राज्यले निःशुल्क दिनुपर्छ ।
अहिले सरकारले चुनाव घोषणा गरको छ । त्यसमा तपाईको सहभागीता हुन्छ कि हुदैनन ?
हामी लोकतन्त्रमा विश्वास गर्छौ । हामी जनतन्त्रमा विश्वास गर्छौँ । हामी प्रजातन्त्रमा विश्वास गर्ने भएका कारण यो संविधान हाम्रो पक्षमा छैन । बहुदलीय संसदिय व्यवस्था हाम्रो पक्षमा छैन । यसलाई आन्दोलन गरेर हटाउनु पर्छ भनेता पनि चुनाव हाम्रो पर्व हो । पाँच वर्षमा जनतामा जाने, घरघरमा जाने, आप्mनो कुरा राख्ने र जनताको कुरा सुन्ने यस्तो सुअवसर चुनावले प्रदान गर्दछ । त्यसैले हामीले निर्वाचन र आन्दोलन सँगसँगै हुन्छ । यो निर्वाचनलाई आन्दोलनको रुपमा हामीहरु घरघरमा जान्छौँ । हामीले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउछौँ । जव उनीहरुले जनताको कुरा सुनेनन भने असहयोग आन्दोलन हुन्छ । उनीहरु बाध्य भएर सत्ता परिवर्तन गर्नुपर्छ ।
रामराज्य परिषद् कहिले गठन भएको हो ?
यो २०७२ भदौ २४ गते तीनकुनेमा गठन गरेका हौँ । त्यसपछि २०७३ मा देवघाट हरिहर आश्रममा सम्मेलन ग¥यौ । सम्मेलबाट यसलाई एक रुपतामा लैजानुपर्छ । एउटा राजनीतिक आहात वोकेर जानुपर्छ भन्ने खालको निणर्य भयो । अहिले चाहि यसको भर्खरै व्यवस्थापिका र धार्मिक संसदको अधिवेशन ग¥यौ । पहिलो अधिवेशन गोठाटारमा ग¥यौ । दोश्रो भाहि गणेश्वर आश्रममा देवघाट धाममा ग¥यौ ।
अन्तिममा नेपाली जनतालाई गर्नुपर्ने अपिल केही छ की ?
हामी अब जागरुक बनौँ । अब अन्याय अत्याचार र भष्ट्राचार सहेर नबसौँ । हामीमा धेरै विवेक आएको छ । हामीले खुल्ला सिमानाको नियन्त्रण गरौँ । संसारभर नेपालीहरु खान नपाएर भौतारि राखेका छौ । बैदेशिक रोजगार बन्द गरौ । हामीले स्वदेशमा नै काम पाउनुपर्छ । हामी सबै यसमा लाग्नु पर्छ । जाग्नु पर्छ । नयाँ अवसर आएको छ । रामराज्य व्यवस्था यो वैकल्पिक व्यवस्था हो । यो बैद्धिक साम्यवादी व्यवस्था हो । दुई दलीय व्यवस्था हो । यसलाई बलियो बनाउन सबै लागौँ । सम्पूर्ण नेपाली एक हौँ । नयाँ परिवर्तन ल्याउ र भष्ट्राचार अन्त्य गर्न र गरिवी अन्त्य गर्नको लागि र भेदभाव अन्त्य गर्नको लागि सबै एक जुट हुनुपर्छ मेरो अपिल छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित
छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै
रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै
‘SEE TOP MODEL ICON 2019  काठमाडौँ र दमौलीमा हुने ।
‘SEE TOP MODEL ICON 2019 काठमाडौँ र दमौलीमा हुने ।
चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा  प्रदर्शन हुदैँ
चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन हुदैँ
क्यान्सर पिडित कमला बिश्वकर्मालाई उपचारार्थ खर्चका लागी सहयोगको अपिल
क्यान्सर पिडित कमला बिश्वकर्मालाई उपचारार्थ खर्चका लागी सहयोगको अपिल
एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

पात्रो

२०८३
Sep/Oct
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

सैलुङ टीभी

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...

राशिफल

राशिफल लोड हुँदैछ...