singel post top banner

६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, श्रावण १६, २०८०
|
|
३१९१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने

सारांश

  • काठमाडौँ , तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा तयार पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ गते प्रदर्शनको मिति तोकिएको छ ।
  • सोमबार काठमाडौँस्थित द श्हेनोर हाउस बौद्धमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर‚ चलचित्रमा समावेश गरिएको गीत ‘भर आरे जीन्दगीला’ र चलचित्रको टाइटल गीतको भिडियो एकै साथ सार्वजनिक र प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।
  • चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाखिनको रहेको छ ।

काठमाडौँ , तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा तयार पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ गते प्रदर्शनको मिति तोकिएको छ ।

सोमबार काठमाडौँस्थित द श्हेनोर हाउस बौद्धमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर‚ चलचित्रमा समावेश गरिएको गीत ‘भर आरे जीन्दगीला’ र चलचित्रको टाइटल गीतको भिडियो एकै साथ सार्वजनिक र प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाखिनको रहेको छ । निर्माता दीपेन्द्र लोप्चन (मुरली), रन्जिता स्याङ्तान रहेका छन् भने सहनिर्माता प्रवीण कुमार तामाङ रहेको छ । चलचित्रको निर्देशन अमिर दोङले गरेका हुन भने सह निर्देशनको भूमिका कुईसाङ रुम्बाले गरेका हुन् ।

चलचित्रको प्रस्तुतकर्ता भने पेमा लामा योञ्जन रहेको छ । द्वन्द्व राजु तामाङ, नृत्य कृष्ण ब्लोन, छायाङ्कन विक्रम मोक्तान र त्रिलोक लामा, सम्पादन विक्रम मोक्तान, डबिङ सन्तोष गोले, मिक्सिङ कार्साङ लामा, गीतकार रुपेन मोक्तान, ङेमा दोङ (तवला), सङ्गीतकार च्वाईस दोङ, रोशन लामा, गायक विशाल काल्तान, रोशन लामा, हावा लामा, गायिका जितु लोप्चन, निर्मला घिसिङ, रञ्जिता घिसिङ, एरेन्जर दिपेश प्रधान, चाँदसिं र सानुबाबु घिसिङ रहेका छन् ।

ङिङ्जेमा अमिर दोङ, सुस्मा थिङ, सजिना लोप्चन, कुईसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुईसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङ रहेका छन् । त्यस्तै अतिथि कलाकारमा नायिका सुस्मा मोक्तान, रुपा यस घले, पुष्पाञ्जली लोप्चन रहेका छन्

 

एउटा परिवारमा आफ्ना अभिभावकले मादक पदार्थ सेवन गर्दा आफ्ना छोराछोरीको भविष्यमा कत्तिको असर गर्छ,अभिभावकले मादक पदार्थ सेवन गर्दा मानशिक रुपमा छोराछोरीलाई कस्ता खालका असर गर्छ भन्ने खालका सन्देशमुलक विषय रहेको चलचित्रको निर्देशक महानायक अमिर दोङले जानकारी दिनुभयो ।

यस चलचित्र छायांकन सकेर ६ वर्षपछि बल्ल यहि असोज १ गते राष्ट्रिय नाचघर जमलमा दिउँसो ठिक २ बजे विशेष प्रदर्शन हुने चलचित्र प्रेमी दर्शक सम्पुर्णलाई हल सम्म आएर चलचित्र हेर्नका लागि अनुरोध समेत गरिएको छ।

Ngingje Movie ट्रेलर हेर्नुहोस :

https://www.youtube.com/watch?v=pIf4HybpaBY

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि  पाईएन सुबिधा
छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि पाईएन सुबिधा
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
दलित अग्रनी नेता स्वर्गीय प्रतामराम लोहारको दोस्रो वार्षिक स्मृति दिवसको अवसरमा माल्यार्पण कायक्रम सम्पन्न
दलित अग्रनी नेता स्वर्गीय प्रतामराम लोहारको दोस्रो वार्षिक स्मृति दिवसको अवसरमा माल्यार्पण कायक्रम सम्पन्न
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी
निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले “१९ औं बार्षिकोत्सव संगै लोक दोहोरी दिवस” फागुन २९ मनाउने
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले “१९ औं बार्षिकोत्सव संगै लोक दोहोरी दिवस” फागुन २९ मनाउने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?