singel post top banner

गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, जेठ २१, २०७७
|
१
|
१८७५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो

सारांश

  • गुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना गराइएको छ।
  • वैशाख २२ गते मलामी गएर फर्किएका २७ वर्षीय श्यामबहादुर परियार ठूलो पानीको कारण ओत लाग्‍न स्थानीय ४३ वर्षीय नेत्र काउछाको घरमा पसेका थिए।
  • घरधनी काउछासहितका स्थानीयले मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पूजापाठ गराउनुपर्ने भन्दै १५ सय जरिवाना गराएका थिए।
गुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना गराइएको छ। वैशाख २२ गते मलामी गएर फर्किएका २७ वर्षीय श्यामबहादुर परियार ठूलो पानीको कारण ओत लाग्‍न स्थानीय ४३ वर्षीय नेत्र काउछाको घरमा पसेका थिए। घरधनी काउछासहितका स्थानीयले मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पूजापाठ गराउनुपर्ने भन्दै १५ सय जरिवाना गराएका थिए।
श्यामबहादुरले आफू दलित भएकै कारण विभेद गरी जरिवाना गराइएको भन्दै जातीय छुवाछुतविरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा मुद्दा दर्ता गराएका छन्। पीडित परिवारले जिल्लाका दलित संघसंस्थाको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए ।
मुद्दा दर्ता गरेर आवश्यक प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय गुल्मीले नेत्र काउछालाई जेठ ६ गते प्रक्राउ गरेर अनुन्धान गरिरहेको जनाएको छ।
काउछालाई गुल्मी अदालतको अनुमति लिएर प्रक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए। दलित भएकै कारण गैरदलितको घरमा प्रवेश गर्दा जरिवाना गराइनु कानुनविपरीत भएको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए।
कानुनअनुसार जरिवाना गर्ने, कुटपिट प्रयास गर्ने कार्य जातीय भेदभाव तथा छुवाछुत कसुर ऐनविपरीत र गम्भीर मानव अधिकार उल्लंघनको घटना भएको भन्दै दलित साझा मञ्च, नेपाल दलित मुक्ति संगठन, नेपाल दलित संघ, दलित महिला संघ, परियार समाज, इन्सेक र मानव अधिकार तथा सामाजिक रुपान्तरणलगायतले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले पहिले पनि उक्त क्षेत्रमा जातीय भेदभाव घटना भइरहेकाले अब सम्झौता गर्न नसकिने बताएका छन्। समानतका कुरा गरे पनि व्यवहारमा त्यो हुन नसकेको उनी बताउँछन्। संविधानमै छुवाछुतविरुद्ध मौलिक हक भए पनि कार्यान्वयन हुन नसकेको प्रति उनले दु:ख व्यक्त गरे।
प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

१ कमेन्ट

befor comment ad banner

१ कमेन्ट

    Comment Author

    महिमाखबर

    this test comment

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन
बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे
सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?