काठमाडौ। भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले ईटि युथ क्लब ललितपुरले सञ्चालन गरेको राहत संकलन तथा वितरण अभियानअन्तर्गत विभिन्न स्थानमा पीडित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराइएको छ।
क्लबले २०८३ भदौ १७ गतेदेखि २५ गतेसम्म एक सातासम्म राहत संकलन कार्यक्रम सञ्चालन गरेको थियो। सो क्रममा विभिन्न व्यक्ति, संघ–संस्था तथा सामाजिक क्षेत्रबाट प्राप्त खाद्यान्न र अन्य अत्यावश्यक सामग्री क्लबको परिसरमा जम्मा गरिएको थियो।
संकलित सामग्रीमध्ये पहिलो चरणमा २०८३ असोज ४ गते विदुर नगरपालिका–२ मा बाढीका कारण प्रभावित भएका परिवारलाई राहत वितरण गरिएको क्लबले जनाएको छ। राहत वितरणका लागि स्थानीय समाजसेवी तथा भद्रभलादमी निरोज खड्गीले समन्वय तथा आवश्यक सहजीकरण गरेका थिए।

यसैगरी, दोस्रो चरणमा २०८३ असोज ६ गते क्लबको परिसरबाट राहत सामग्री वितरण गरिएको थियो। बाढीपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका प्रभावित नागरिकलाई लक्षित गरी क्लब भवनबाटै राहत उपलब्ध गराइएको हो।
उक्त चरणको राहत वितरणमा प्रभावित परिवारसम्म सामग्री पुर्याउन विदुर नगरपालिका–१ का रोहित श्रेष्ठले समन्वय तथा सहजीकरण गरेको क्लबले जानकारी दिएको छ।
विपद्को समयमा प्रभावित समुदायलाई सकेसम्म तत्काल सहयोग उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबको भनाइ छ। राहत सामग्रीमार्फत बाढी प्रभावित परिवारलाई आवश्यक सहयोगसँगै कठिन परिस्थितिमा समुदाय उनीहरूको साथमा रहेको सन्देश दिन खोजिएको क्लबले जनाएको छ।
क्लबले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मान


तपाईंको विचार लेख्नुहोस्
० कमेन्ट
Facebook प्रतिक्रिया