singel post top banner

साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, बैशाख २८, २०८३
|
|
२७२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक

सारांश

  • काठमाडौ।
  •   खोटाङमा जन्मिएर हाल ललितपुरको चाँगाथलीमा बसोबास गर्दै आएका साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक गरिएको छ।
  • यो उहाँको चौथो प्रकाशित कृति हो।

काठमाडौ।  खोटाङमा जन्मिएर हाल ललितपुरको चाँगाथलीमा बसोबास गर्दै आएका साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक गरिएको छ। यो उहाँको चौथो प्रकाशित कृति हो।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा विमोचन गरिएको उक्त सङ्ग्रहमा ३८ वटा कविता समावेश छन्। पुस्तकमा आदिवासी जनजाति समुदायको जीवनस्थिति, किराती सभ्यता, संस्कृति, सामाजिक असमानता, राजनीतिक विषयवस्तु तथा सांस्कृतिक चेतनाका पक्षहरू समेटिएका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले कृतिको विमोचन गर्दै लेखकका कवितामा चित्रात्मकता र सङ्केतात्मक अभिव्यक्ति सशक्त रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले आदिम फूल ले लेखकलाई नयाँ साहित्यिक उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी सिर्जनात्मक यात्राका लागि शुभकामना दिनुभयो।

सङ्ग्रहको भूमिका समालोचक डा. हेम भण्डारीले लेख्नुभएको छ। उहाँले पुस्तकमा आदिवासी पहिचान, सामाजिक परिवेश, वर्गीय प्रभुत्व, राजनीतिक विसङ्गति र सांस्कृतिक प्रतिरोधका विषय प्रभावकारी रूपमा प्रस्तुत गरिएको उल्लेख गर्नुभएको छ।

ललितपुरस्थित पवन प्रकृति स्कूलमा सम्पन्न कार्यक्रममा समालोचक डा. सुरेश हाँचेकालीले यस कृतिले सांस्कृतिक पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विचार राख्नुभयो। कार्यक्रममा साहित्यकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तथा कानूनमा स्नातक उत्तीर्ण विभरा किराती हाल पवन प्रकृति स्कूलमा सहायक प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँका यसअघिका कृतिहरूमा सुनको फूल, ताराहरूको बस्तीमा र त्रिवेणी गीति एल्बम प्रकाशित छन्। उहाँका गीतहरू रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत लेखन प्रतियोगितामा समेत सम्मानित भइसकेका छन्।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने
मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
संघीय संसदका दुवै सदनको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै
संघीय संसदका दुवै सदनको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?