singel post top banner

“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, भाद्र २४, २०७६
|
|
२९०१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग

सारांश

  • मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न भएको छ ।
  • सो कार्यक्रममा सभापतिको रुपमा वल्ड वाईड न्युज नेपालका अध्यक्ष तथा सञ्चालक प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।
  • बरिष्ठ लोक गायिका बिमा कुमारी दुराको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चचित लोक गायक भगवान भण्डारी बिशिष्ट अतिथीको रुपमा रहेका थिए ।

मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न भएको छ । सो कार्यक्रममा सभापतिको रुपमा वल्ड वाईड न्युज नेपालका अध्यक्ष तथा सञ्चालक प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । बरिष्ठ लोक गायिका बिमा कुमारी दुराको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चचित लोक गायक भगवान भण्डारी बिशिष्ट अतिथीको रुपमा रहेका थिए ।

कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । सञ्चारकर्मी राजकुमार रायमाझीले सञ्चालन गरेका थिए भने गायक भरत परियार बिशेष सहयोगीका रुपमा रहेका थिए । चर्चित लोक गायक भगवान भण्डारीले मृगौला पिडीत बिन्दु बिकको लागी उपचारार्थ खर्चका लागी रु ५ हजार आर्थिक सहयोग गरेका थिए भने आर्थिक सहयोग संकलन बापत उठेको केही रकम पनि हस्तान्तरण गरिएको थियो । युरोप रहेका चर्चित लोक गायक जेबि ओलिले बिन्दु बिकलाई ७,१५१ रुपैया सहयोग गर्ने बाचा गरेका छन् । कार्यक्रममा उपस्थित कलाकारहरुले पनि मृगौला पिडित बिन्दु बिकलाई आर्थिक सहयोग गरेका थिए भने बरिष्ठ लोक गायिका बिमा कुमारी दुराले दशै भन्दा अघि नै कार्यक्रममा पाएको एक दिनको पारिश्रमिक हस्तान्तरण गर्ने घोषणा गरेकी छिन् । निज बिकलाई बचाउनका लागी देश तथा बिदेशबाट आर्थिक सहयोग गरिदिनका लागी भगवान भण्डारी र बिमा कुमारी दुराले अनुरोध गरेका छन् । बिन्दु बिकको हाल : सुमेरु हस्पिटलमा उपचार भैरहेको छ । बिन्दु बिकको आर्थिक अवस्था निकै कमजोर भएकोले निजको उपचारको क्रम अगाडी बढाउन सकिएको छैन ।

सो कार्यक्रमका अध्यक्ष प्रकाश बराईली “अभिब्यक्ती” भन्छन् “यस्तो जो कस्लाई पनि पर्न सक्छ । पछि मलाई अरुलाई पनि यस्तो रोग हुन सक्छ । मानव सेवा नै धर्म भन्ने मुल आशयले यस कार्यक्रमको आयोजना भएको हो । मैले आफ्नो तर्फबाट सक्दो कोसिस गर्ने छु । अरुलाई पनि सहयोगका लागी अपिल गर्ने छु भनेर बचनबद्धता गर्दछु । सबै मिडियाहरुले आफ्नो तर्फबाट न्युजहरु बनाएर सहयोग गरिदिनुहुनका लागी अनुरोध गर्दछु । ”

निज बिन्दु बिकको दुई वटा छोरा रहेका छन् र उनको श्रीमानले दोस्रो बिहे गरेर भारतमा बस्दै आईरहेका छन् । हाल : उनको श्रीमान् सम्पर्कबिहिन छन् । उनको बच्चा र उनलाई माईती पक्षले पालन पोषण गरेका छन् । सोही कार्यक्रममा मृगौला पिडित बिन्दु बिक रुदै मलाई अहिले सम्म कसैले सहयोग गरेनन् भन्दै देश तथा बिदेशमा रहनु हुने नेपालीहले आर्थिक सहयोग गरि दिन अनुरोध गरिन् । उनलाई अर्थिक सहयोग गर्नका लागी माछापुच्छ्रे बैंक चाबहील शाखा, काठमाडौं, नाम बिन्दु बिक, खाता नं. ५६- २३-५२४-६९७८३८-०१७ मा सिधै पैसा पठाउन सकिने छ । मृगौला पिडित बिन्दु बिकलाई ९८४७८७२६०८, उनको बुवा नियम बिकलाई ९८६६१११४७८ मा सम्पर्क गर्न पनि सकिने छ ।

यस भिडियो एक पटक हेरेर शेयर गरि सम्पुर्ण नेपालीहरुको सामु पुराईदिन भगवान भण्डारी र बिमा कुमारी दुराले अपिल गरेका छन् ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=rMY3XOyPBkE&t=16s

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
२०७८ माघ १ को अवस्थामा फर्कियो एनआरएनए
२०७८ माघ १ को अवस्थामा फर्कियो एनआरएनए
उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न
उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गते सम्पन्न हुने
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गते सम्पन्न हुने
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
भारतीय मिडीयाको अचाक्ली विष वमन: नेपाललाई मजवुर होइन मजवुत वन्न सन्देश -प्रकाशचन्द्र परियार
महानायक बिबादबारे बोलिन् नायिका तथा मोडल आशा भुसाल,  दिपा श्री निरौलालाई दिईन् यस्तो दनक
महानायक बिबादबारे बोलिन् नायिका तथा मोडल आशा भुसाल, दिपा श्री निरौलालाई दिईन् यस्तो दनक
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” सम्पन्न
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?