singel post top banner

उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, मंसिर १०, २०७७
|
|
१५९८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न

सारांश

  • मंसिर १० गतेका दिन उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न भएको छ ।
  • सो कार्यक्रममा सभापतीको रुपमा सोही पुस्तकका लेखक सन्तोष लामा रहेका थिए भने प्रमुख अतिथीको रुपमा माननिय बहादुर सिंह लामा रहेका थिए ।
  • कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पाेरेट ट्रेनर, रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, सुदिप बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यम बहादुर मल्ल, पछिल्लो समय चर्चामा रहेको गीत “चम्चा पिलेट” का सर्जक भिम कुसारी, रेडियो नेपालका सञ्चारकर्मी भरत बमजम, तरुण दलका बिधान गुरुङ, म्युजिक डायरीका तुलसी गिरी “भाबुक” लगायत धेरै पत्रकारहरुको उपस्थिती रहेको थियो ।

मंसिर १० गतेका दिन उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न भएको छ । सो कार्यक्रममा सभापतीको रुपमा सोही पुस्तकका लेखक सन्तोष लामा रहेका थिए भने प्रमुख अतिथीको रुपमा माननिय बहादुर सिंह लामा रहेका थिए । कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पाेरेट ट्रेनर, रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, सुदिप बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यम बहादुर मल्ल, पछिल्लो समय चर्चामा रहेको गीत “चम्चा पिलेट” का सर्जक भिम कुसारी, रेडियो नेपालका सञ्चारकर्मी भरत बमजम, तरुण दलका बिधान गुरुङ, म्युजिक डायरीका तुलसी गिरी “भाबुक” लगायत धेरै पत्रकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” रहेको थिए ।

उक्त कार्यक्रममा रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेतले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सृजना अधिकारीले गरेकी थिईन् । कार्यक्रममा प्रमुख अतिथी माननिय बहादुर सिंह लामाले शुभकामना दिदै यस पुस्तक सबैको लागी उपयोगी भएको र आफ्नो जिवनमा मेल खाएको, आफुले भोगेको कुरा समेटिएको जानकारी गराउदै एक पटक सबैले यो पुस्तक अध्ययन गर्न समेत अनुरोध गरेका थिए । साथै आफुले मनमा मात्र राखेको तर सन्तोष लामाले पुस्तक नै प्रकाशन गरेको भन्दै बधाई दिदै शुभकामना ब्यक्त गरेका थिए ।

उत्प्रेरक वक्ता एबं सोही पुस्तकका लेखक सन्तोष लामाले उपस्थित अतिथी तथा पत्रकारहरुलाई धन्यबाद दिदै आफुले जिन्दगीमा भोगेका कथा ब्यथाहरु समेट्नुका साथै करिव ६ सय वटा पुस्तक अध्ययन गरेर “सफलताको Blueprint” नामक पुस्तकको जन्म भएको जानकारी गराए । साथै यस पुस्तक सुरु देखी अन्त्य सम्म श्रृखलाबद्ध अध्ययन गरेपछि सफलता कसरी पाउन सकिन्छ भन्ने शुत्र पत्ता लगाएर सफलताको लागी आफै योजना निर्माण गर्न सकिने छ भन्ने उदाहरण पनि प्रस्तुत गरेका थिए । थप जानकारी लिन र सोही पुस्तक किन्नका लागी लेखक सन्तोष लामालाई ९८५११९१२०३ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
खुशिको खबर ! अब सबै मोबाईल एप “सोसल एप” मा , सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँ
खुशिको खबर ! अब सबै मोबाईल एप “सोसल एप” मा , सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँ
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक
कांग्रेस नेतृ गौचनलाई डाक्टर अम्वेडकर अन्तराष्ट्रीय अवार्ड
कांग्रेस नेतृ गौचनलाई डाक्टर अम्वेडकर अन्तराष्ट्रीय अवार्ड
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?