singel post top banner

“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, आषाढ २५, २०७६
|
|
२६४९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न

सारांश

  • लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको आयोजनामा “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न भएको छ ।
  • प्रतियोगिता यहि असार २२ गते सुरु भएर असार २५ गते सम्पन्न भएको हो ।
  •   सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षता तथा बरिष्ठ गायक एबम चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रतिस्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी विशेष अतिथीको रुपमा रहेका थिए ।

लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको आयोजनामा “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न भएको छ । प्रतियोगिता यहि असार २२ गते सुरु भएर असार २५ गते सम्पन्न भएको हो ।

 

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षता तथा बरिष्ठ गायक एबम चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रतिस्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी विशेष अतिथीको रुपमा रहेका थिए । प्रतियोगितामा २८ समुहले भाग लिएका थिए ।

सो प्रतियोगितामा प्रथम जुनकिरी दोहोरी साझ, दोस्रो नगरकोट दोहोरी साझ (ख) , तेस्रो गन्डकी प्रदेश, सान्त्वना नगरकोट दोहोरी साझ (क) भएका थिए भने अनुशासित कलाकार तर्फ जालुमाया गुरुङ्ग, नवदित कलाकार तर्फ कृष्णा राना क्षेत्री, उत्कृष्ट गायक तर्फ अर्जुन खड्का, उत्कृष्ट गायिका तर्फ सपना रोका बिजयी हुन सफल भएका थिए । प्रथम पुरस्कार रु १ लाख, दोस्रो पुरस्कार रु ५० हजार, तेस्रो पुरस्कार रु २५ हजार, सान्त्वना पुरस्कार रु १० हजार, उत्कृष्ट गायक गायिका पुरस्कार रु ५०००/५००० , नवदित कलाकार र अनुशासित कलाकारलाई रु २५००/२५०० पुरस्कारको राशी तोकिएको थियो । प्रथम पुरस्कारको प्रायोजन पृथ्वी थकालिले गरेका थिए ।

प्रतियोगी समुहको समायोजन कृष्ण आशुले गरेका थिए । कार्यक्रम संयोजकको रुपमा प्रतिस्ठानका केन्द्रिय बरिस्ठ उपाध्यक्ष रमेश बिजि रहेका थिए । कार्यक्रम अवधिभर रमेश बिजिले नै कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । सो कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । प्रतियोगिताका बिजेता समुहलाई नारायण रायमाझी, पृथ्वी थकाली, राजेश थापा लगायत अन्यले पुरस्कार बितरण गरेका थिए ।

कार्यक्रम भब्य रुपले सम्पन्न भएको भन्दै केन्द्रिय बरिस्ठ उपाध्यक्ष, केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी र केन्द्रिय काेषाध्यक्ष दिपक खड्काले सहयोगीदाता, कलाकार, पत्रकारहरु प्रती आभार प्रकट गर्दै बिजेताहरुलाई बधाई ज्ञापन गरेका थिए । आगामी दिनमा पनि सहयोगीदाता र पत्रकारहरुको सहयोग रहने कुरामा आशाबादी रहेको कुरा कार्यक्रम संयोजक रमेश बिजिले बताए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका बैतडीका राम सिंह भाट म्युजिक भिडियो छायाकार बने
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका बैतडीका राम सिंह भाट म्युजिक भिडियो छायाकार बने
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रत्यक्ष तर्फको उपाध्यक्ष पदमा लक्ष्मण बानियाको उम्मेद्वारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रत्यक्ष तर्फको उपाध्यक्ष पदमा लक्ष्मण बानियाको उम्मेद्वारी घोषणा
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन
हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’
हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?