singel post top banner

साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, कार्तिक २५, २०७६
|
|
१४१३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन

सारांश

  • साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ शनिबार एक कार्यक्रम बीच विमोचन गरिएको छ ।
  • वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरीले उक्त उपन्यासको विमोचन गर्नुभयो ।
  • सहयात्री दर्पण नेपालले प्रकाशनमा ल्याएको उक्त पुस्तक विमोचन समारोहमा साहित्यकार तथा प्राज्ञ माया ठकुरीले साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित उपन्यास समाज र वस्तुस्थिति झल्काउन सक्ने बताउनुभयो ।

साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ शनिबार एक कार्यक्रम बीच विमोचन गरिएको छ ।
वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरीले उक्त उपन्यासको विमोचन गर्नुभयो । सहयात्री दर्पण नेपालले प्रकाशनमा ल्याएको उक्त पुस्तक विमोचन समारोहमा साहित्यकार तथा प्राज्ञ माया ठकुरीले साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित उपन्यास समाज र वस्तुस्थिति झल्काउन सक्ने बताउनुभयो । उहाँले प्रेम सरोवर उपन्यासको अन्त्य वियोगान्तमा गएर टुंगिएको चर्चा गर्दै प्रेम मानमा मात्र नभइ सम्र्पूण जिवजन्तुमा निहित रहेको बताउनुभयो ।

ठकुरीले प्रेममा जातजाति,भाषा, संस्कृति, भुगोल कुनै पनि विषयले नछेक्ने हुँदा मानिसलाई समाजमा बाँधरे राख्न पनि प्रेमको महत्वपूर्ण भूमीका रहेको बताउनुभयो । कार्यक्रममा साहित्यकार तथा सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल ‘आँशु’ले सहयात्री दर्पण मार्फत दर्जनौ साहित्यीक पुस्तकहरु प्रकाशनमा ल्याइसकेको बताउनुभयो । उहाँले साहित्यलाई सबैले सम्मान गर्नुपर्ने भन्दै नेपाली साहित्यको संरक्षणमा सरकार लाग्नुपर्ने बताउनुभयो ।

उक्त उपन्यास साहित्यकार गोविन्द कंडेल आँशुले सम्पादन गर्नुभएको हो । यस्तै साहित्यकार कृष्ण धारावासीले नेपालमा उपन्यास पढ्ने रुची घट्दै गइरहेको बताउनुभयो । उहाँले उपन्यासमा सबै रचनाका विषयवस्तु दोहोरिदाँ समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो । समय अनुसार उपन्यास लेख्दा त्यसले लेखकलाई फाइदा पुग्ने भन्दै उपन्यास लेखनमा गहिरो अध्ययन जरुरी रहेको बताउनुभयो ।

साहित्यकार घनश्याम परिश्रमीले साहित्य सिर्जना सहज नभएको बताउनुभयो । प्रेम सरोवर उपन्यासकी लेखिका दुर्गा काफ्लेले आफू शिक्षण पेशामा भएर कठिनकासाथ उपन्यास सिर्जना गरेको बताउनुभयो । कुनै व्यक्तिको बुहारी, छोरी, आमा, श्रीमति भएर साहित्य सिर्जना गर्न गाहे हुने उहाँको भनाई थियो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै
रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।
निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी
निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी
गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
हङकङमा रहेका गायक दिनेश लिम्बुले म्यासप शैलीमा नयाँ गीतको भिडियो आउँदै
हङकङमा रहेका गायक दिनेश लिम्बुले म्यासप शैलीमा नयाँ गीतको भिडियो आउँदै
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने
मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?