singel post top banner

निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, भाद्र २१, २०७७
|
|
१५५६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी

सारांश

  • प्रकाश बराईली “अभिब्यक्ति” काठमाडौं, नेपाल   बिश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड १९) ले गर्दा अहिले सबैलाई त्रास फैलाएको छ ।
  • साथै दिनानुदिन कोरोना संक्रमित पनि बढीरहेका छन् ।
  • केही महिना लकडाउन भयो तर अहिले पछिल्लो समय निषेधाज्ञा जारि गरेको अवस्था छ ।

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

 

बिश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड १९) ले गर्दा अहिले सबैलाई त्रास फैलाएको छ । साथै दिनानुदिन कोरोना संक्रमित पनि बढीरहेका छन् । केही महिना लकडाउन भयो तर अहिले पछिल्लो समय निषेधाज्ञा जारि गरेको अवस्था छ । जसले गर्दा सबै नेपालीहरु त्रसित हुनुका साथै होम क्वारेनटाईनमा बस्नु परेको अवस्था छ ।  यो अवस्थामा मानविय धनजन सँगै कष्टपुर्ण जिवनयापन गर्नु परेको अवस्था पनि छ । सोही कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघले प्रेस बिज्ञप्ती जारी गरेको छ । यस्तो महामारीमा सरकारले कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी, नारा जुलुस लगायत अन्य कार्यक्रमलाई बन्देज गरेको सबैलाई थाहा नै छ ।

 

 

अहिले पछिल्लो समय यस्तो महाबिपत्तिमा पनि केही कलाकारहरुले सुटिङ गरेपछि म्युजिक भिडियो कलाकार संघलाई बिभिन्न सामाजिक सञ्जालमा टिकाटिप्प्णी आएपछि प्रेस बिज्ञप्ती जारी गर्नुपर्ने बाध्यता भएको कुरा जानकारी गराउदै लकडाउन पुर्ण रुपमा खुकुलो नभएसम्म सुटिङ नगर्न र नगराउन यसै संस्थाका अध्यक्ष एबं चर्चित निर्देशक, मोडल शंकर बिसीले अनुरोध गरेका छन् । साथै यस सस्थाको अनुरोधलाई स्विकार गरेर सहयोग गर्ने कुरामा आशाबादी रहेको कुरा अध्यक्ष शंकर बिसीले बताए ।

 

कलाकारहरु स्टेज कार्यक्रम, स्टुडियोमा रेकडिङ, सुटिङ र अन्य कामहरु गरेर आफ्नो जिविकोपार्जन गर्ने गर्थे भने अहिले सहज रुपमा काम गर्ने अवस्था पनि छैन । केही दिन अघि केही कलाकारहरुले सुटिङ गरेपछि पछिल्लो समयमा समाजिक सञ्जालमा चर्चा संगै बिबादपनि आउन थालेको छ । यो कुरालाई ठुलो रुपमा नल्याईदिन र बिबादमा नल्याउनका लागी अध्यक्ष शंकर बिसीले अनुरोध गरेका छन् । सबैले आफ्नो कर्म गर्ने हो, काम नगरी कसैले खान दिन्न । तर केही समय निषेधाज्ञाको पुर्ण पालना गरौं, कोरोना देखी सबै सचेत रहनुपर्छ । कोरोनालाई सबैले जित्न पर्छ भन्ने हाम्रो मान्यता हो भन्दै कोरोना देखी सबै सचेत रहन र आफ्नो स्वास्थ्यको ख्याल गर्न अध्यक्ष बिसीले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द
दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ सम्पन्न
दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ सम्पन्न
१६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण
१६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण
राजधानी बाहिर आवतजावतका लागि थप कडाइ
राजधानी बाहिर आवतजावतका लागि थप कडाइ
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
श्री पशुपपशुपति कोटिहोम महायज्ञको आज समुदघाटन
श्री पशुपपशुपति कोटिहोम महायज्ञको आज समुदघाटन
एसियाडका लागि नेपाली उसु टोलीलाई औपचारिक बिदाइ
एसियाडका लागि नेपाली उसु टोलीलाई औपचारिक बिदाइ
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?