singel post top banner

संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, चैत्र २१, २०८०
|
|
१४४३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छिन् ।
  • बुधबार प्रतिनिधिसभाका शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताइन् ।
  • उनले भनिन्, ‘उत्तर पुस्तिका हराएको सन्दर्भमा एउटा समिति बनेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाका शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताइन् ।

उनले भनिन्, ‘उत्तर पुस्तिका हराएको सन्दर्भमा एउटा समिति बनेको छ । त्यो समितिले छानबिन गर्दै छ र त्रिविको दुई वटा ऐनमा टेकेर त्यसमा कारबाही पनि गर्न सकिने छ । त्रिविसँगै जोडिएको नर्सिङको विद्यार्थीहरूले तालाबन्दी गर्नु भएको थियो । त्यो विषयमा मन्त्रालयमा नै डाकेर चिकित्सा सेवा आयोग सम्बन्धित डिन, उपकुलपति र नर्सिङ काउन्सिलका अध्यक्षसँग बसेर छलफलपछि तालाबन्दी पनि फुकेको छ ।’

त्यस्तै, मन्त्री श्रेष्ठले शिक्षालाई रोजगारीमूलक बनाउनका लागि पनि कार्यदल बनाएर अगाडि बढेको उल्लेख गरिन् । उनले भनिन्, ‘शिक्षा रोजगारी मूलक बनाउनको लागि कार्यदल बनाएर अगाडि बढेका छौ । शिक्षकहरूको लाइसेन्सको परीक्षा, सेवा आयोगको परीक्षाको प्रश्न पनि अध्ययन गर्न थालेका छौ । शिक्षकहरू कस्तो खालको आइरहनु भएको छ भनेर पनि विज्ञ टोलीसहित कार्यदल बनेको छ । जसले यसमा परिमार्जन गर्नुपर्ने के के छ, हाम्रो शिक्षक कस्तो छन् । भनेर कार्यदलले काम गरिरहेको छ ।’

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा सीमान्तकृत बस्ती र समूहलाई प्राथमिकतामा राखेर नै विशेष आवसिय विद्यालयको लागि प्रस्ताव गरेका उल्लेख गर्दै उनले त्यस्ता विद्यालय स्थापना गर्न सके गरिब र विपन्न विद्यार्थीहरूको लागि राहत हुने बताइन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
राष्ट्रिय युवा संघ नेपाल  शिक्षा विभागद्वारा आयोजित ‘युवा साहित्यिक सम्मेलन २०८१’ (भिडियोसहित)
राष्ट्रिय युवा संघ नेपाल  शिक्षा विभागद्वारा आयोजित ‘युवा साहित्यिक सम्मेलन २०८१’ (भिडियोसहित)
एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा
समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?