singel post top banner

भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, चैत्र १८, २०७६
|
|
१५१८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत

सारांश

  • काठमाडौं –लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् ।
  • भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान गणेश चौधरीलाई एक महिनाका लागि निलम्बन गरिएको सशस्त्र प्रहरी क्याम्पस सप्तरीका एसएसपी उद्धव न्यौपानेले बताए ।
  • ती दुई युवामाथि नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो ।

काठमाडौं –लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् । भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान गणेश चौधरीलाई एक महिनाका लागि निलम्बन गरिएको सशस्त्र प्रहरी क्याम्पस सप्तरीका एसएसपी उद्धव न्यौपानेले बताए ।

ती दुई युवामाथि नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो । कुटपिटको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरीलाई कारवाहीको लागि दवाव परेको थियो । त्यही दवावका कारण सशस्त्र प्रहरी चौधरीलाई कारवाही गर्न बाध्य भएको हो । गणेश चौधरीलाई हिजो बेलुका कारवाही गरिएको एसएसपी न्यौपानेले बताए । ‘अहिले एक महिनाका लागि निलम्बन गरिएको हो, घटनाको बारेमा थप छानविन भइरहेको छ, छाविनबाट आउने निष्कर्षका आधारमा थप कारवाही गर्ने कि नगर्ने भन्नेमा निर्णय हुन्छ’ उनले भने ।

एसएसपी न्यौपानेसहितका प्रहरी टोली कुटपिट भएकै दिन पीडित युवाको घरमा पुगेका थियो । उनले त्यहाँ कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने भन्दै घटनालाई नउचाल्न आग्रह गरेका थिए । पीडित हरिकृष्ण साहका आफन्त सन्तोष यादवले कुटपिट गर्ने जहानमाथि कडा कारबाही हुनुपर्ने माग गरे । यसैबीच कुटपिटमा संलग्न जवानलाई हिजो नै क्याम्पमा झिकाइएको थियो भने तत्कालै छानविन गरी उनीमाथि कारवाही गरिएको हो । गाउँपालिका अध्यक्ष दायानन्द गोइतले लकडाउनमा घरबाट निस्कन नहुने भएपनि आवश्यक सामान ल्याउन एकदुईजना निस्कदा प्रहरीले त्यसरी कुटपिट गर्न नहुने बताए ।

 

https://www.youtube.com/watch?v=38NveKZUDrA

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बलिउड अभिनेत्री सबना आजमी कार दुर्घटना परी गम्भीर घाइते
बलिउड अभिनेत्री सबना आजमी कार दुर्घटना परी गम्भीर घाइते
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने
६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रत्यक्ष तर्फको उपाध्यक्ष पदमा लक्ष्मण बानियाको उम्मेद्वारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रत्यक्ष तर्फको उपाध्यक्ष पदमा लक्ष्मण बानियाको उम्मेद्वारी घोषणा
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
अध्यक्षमा नियुक्त भए भरत कुमार पराजुली (राजेश),ललितपुर जिल्ला खेलकुद विकास समितिको,
अध्यक्षमा नियुक्त भए भरत कुमार पराजुली (राजेश),ललितपुर जिल्ला खेलकुद विकास समितिको,
चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न
चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?