singel post top banner

ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, चैत्र १, २०७६
|
|
१६२९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त

सारांश

  • काठमाडौँ ।
  • धादिङका हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका छन् ।
  • अन्तिम तीनमा पुगेका खड्गबहादुर पुन र सुमन कोइरालाई पछि पार्दै पन्त पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बनेका छन् ।

काठमाडौँ । धादिङका हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका छन् । अन्तिम तीनमा पुगेका खड्गबहादुर पुन र सुमन कोइरालाई पछि पार्दै पन्त पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बनेका छन् । शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । यसअघि उनी राउण्ड अफ द विकमा छानिएपछि पन्त सिधै फाइनलमा पुगेका थिए ।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए । धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन् । उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन् । उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए । शोको फाइनलिस्टमा सुमन कोइराला र खड्ग बहादुर पुन मगर पनि थिए ।

विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए । भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्। ‘कमेडी च्याम्पियन’ शो को होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,२७८ औं रक्तदान अभियान सम्पन्न।
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,२७८ औं रक्तदान अभियान सम्पन्न।
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
श्री पशुपपशुपति कोटिहोम महायज्ञको आज समुदघाटन
श्री पशुपपशुपति कोटिहोम महायज्ञको आज समुदघाटन
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?