singel post top banner

गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, चैत्र २१, २०८०
|
|
१८९६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ ।
  • महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो ।

महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ । यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको हो ।

महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो । महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो ।
विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी दिएका थिए । यसरी सञ्चालक समितिका तत्कालीन उपाध्यक्ष पौडेल र अर्का एकले ७० लाख रुपैयाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप थियो । तर, उक्त रकम सहकारीलाई फिर्ता गरिसकेको अनुगमन समितिलाई सहकारी व्यवस्थापकले जानकारी दिएका थिए ।

सहकारीले नयाँ सञ्चालक समिति चयन गरेको भएपनि संस्थाको पूर्वअध्यक्ष भरतजंगम र उपाध्यक्षमा गृहमन्त्री पत्नी निकिता पौडेल छन् । सोही सहकारी दुई वटा समूह छ । भरत जंगमभन्दा बाहेकको समूहले अर्को सहकारीलाई संस्थासँग मर्जर गरेको देखिएको महानगरले जनाएको छ । सोही समूहले पूर्वअध्यक्ष भरत जंगमको हस्ताक्षर किर्ते गरेर अन्तर सहकारी सापटी लिएको तर त्यो रकम सहकारीमा दाखिला नभई बाहिर नै कारोबार भएको जस्ता प्रमाण फेला परेको स्रोतको दाबी छ ।

चार्टर्ड एकाउन्टेन्ट सहितको टोलीले ८० वटा सूचकमा आधारित रहेर महानगरका ४० वटा सहकारीको अनुगमन गरेको छ । ४० वटा सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

लक डाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय
लक डाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
चीन धनी हुन स्वतन्त्र हुनैपर्छ : अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यान
चीन धनी हुन स्वतन्त्र हुनैपर्छ : अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यान
स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने
स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रत्यक्ष तर्फको उपाध्यक्ष पदमा लक्ष्मण बानियाको उम्मेद्वारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रत्यक्ष तर्फको उपाध्यक्ष पदमा लक्ष्मण बानियाको उम्मेद्वारी घोषणा
‘SEE TOP MODEL ICON 2019  काठमाडौँ र दमौलीमा हुने ।
‘SEE TOP MODEL ICON 2019 काठमाडौँ र दमौलीमा हुने ।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?