singel post top banner

होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, बैशाख २२, २०७७
|
|
१५१६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव

सारांश

  • कोरोना महामारी तथा त्यसको रोकथामका लागि भएको लकडाउनका कारण व्यापार शून्य भएपछि होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव गरेका छन् ।
  • काठमाडौंका ठूला तथा पाँचतारे होटलहरूले तत्काल सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै यस्तो निर्णय गरेका हुन् ।
  • होटल संघ नेपालले बन्द भएको अवधिमा श्रमिकलाई पूरै तलब दिन नसकिने पनि प्रष्ट पारेको छ ।

कोरोना महामारी तथा त्यसको रोकथामका लागि भएको लकडाउनका कारण व्यापार शून्य भएपछि होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव गरेका छन् । काठमाडौंका ठूला तथा पाँचतारे होटलहरूले तत्काल सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै यस्तो निर्णय गरेका हुन् ।

होटल संघ नेपालले बन्द भएको अवधिमा श्रमिकलाई पूरै तलब दिन नसकिने पनि प्रष्ट पारेको छ । अबको एक वर्षसम्म पनि पर्यटन आवागमन सामान्य हुने अवस्था नभएको कुल व्यापारको ४० प्रतिशत लागत हुने मानव संसाधान व्यवस्थापन कठिन भएको भन्दै उनीहरुले बन्द गर्ने निर्णय गरेका हुन् । संघले बन्द भएको अवधिमा कर्मचारी तथा मजदुरलाई तोकिएको तलबको १२.५ प्रतिशतमात्र दिन सकिने र बाँकी जब रिटेन्सन फन्ड बनाएर त्यसैबाट दिनुपर्ने संघले दाबी गरेको छ ।

सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौ रुपैयाँबाट त्यस्तो रिटेन्सन फन्ड बनाउनुपर्ने संघले सरकारसँग माग गरिरहेको बताएको छ ।तलब एक प्रतिशतका दरले हुन आउने रकम लामो समयदेखि जम्मा गर्दै आएको र अहिले संकटको समयमा त्यहीबाट मजदुरलाई तलब दिनुपर्ने सञ्चालकहरूले माग गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष बिनायक शाहले कर्मचारी तथा मजदुरलाई महिनैपिच्छे सेवा शुल्क दिने र तलब भने १२.५ प्रतिशतमात्र दिन सकिने अवस्था रहेको तर बन्द गर्ने भने प्रस्ताव गरिएको जानकारी दिए ।

‘हामीले अहिलेको अवस्थाका बारेमा सरकारलाई अवगत गराउँदै आएका छौं । यस्तो अवस्था छ, हामीले दिन मिल्नेसम्म दिएकै छौं । शतप्रतिशत तलब त दिनसक्ने अवस्था नै छैन । हाम्रो सञ्चालनको ४० प्रतिशत त तलब भत्तामै जान्छ। यस्तोमा पहिला हामी सरकारसँग प्रस्ताव गर्छौं। छलफल गर्छौं। त्यसपछि थप निर्णय हुन्छ,’ शाहले भने ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो
पैतालीस बुदे घोषणा पत्र जारी गर्दै महाभेला सम्पन्न
पैतालीस बुदे घोषणा पत्र जारी गर्दै महाभेला सम्पन्न
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
निकै मार्मिक लोकगीत “सात गाउँ” सार्वजनिक, सबिनराज सेन्चुरी र राज बराइलीको भावुक प्रस्तुति
निकै मार्मिक लोकगीत “सात गाउँ” सार्वजनिक, सबिनराज सेन्चुरी र राज बराइलीको भावुक प्रस्तुति
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न
उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?