singel post top banner

पठाओले नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै, बाइक राइडरको दर्ता पनि सुरु

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, चैत्र २१, २०८०
|
|
१३६४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
पठाओले नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै, बाइक राइडरको दर्ता पनि सुरु

सारांश

  • काठमाडौँ।
  • राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ ।
  • मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

काठमाडौँ। राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ ।

मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध कम्पनीले जनाएको छ । त्यसैगरी बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो । भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना छ ।

बस्न्यातका अनुसार सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ ।

‘राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजात सहित आबद्धताका लागि आवेदन दिन सक्नुहुनेछ । कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई अनलाइनमार्फत तालिम पनि दिइन्छ,’ बस्न्यातले भने, ‘इच्छुकले आबद्धताका लागि पठाओको सामाजिक सञ्जाल वा ०१–५९७००९९ मार्फत सम्पर्क गर्न सक्नेछन् ।’ राइडर बन्नेहरूले प्ले स्टोरबाट ‘पठाओ ड्राइभ’ एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् ।

पठाओले राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ । नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अङ्गभङ्ग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

दलित अग्रनी नेता स्वर्गीय प्रतामराम लोहारको दोस्रो वार्षिक स्मृति दिवसको अवसरमा माल्यार्पण कायक्रम सम्पन्न
दलित अग्रनी नेता स्वर्गीय प्रतामराम लोहारको दोस्रो वार्षिक स्मृति दिवसको अवसरमा माल्यार्पण कायक्रम सम्पन्न
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
कोहलपुर नगरपालिकाद्वारा ASEZ WAO लाई प्रशंसापत्र, १ हजार बिरुवा रोपियो
कोहलपुर नगरपालिकाद्वारा ASEZ WAO लाई प्रशंसापत्र, १ हजार बिरुवा रोपियो
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?