singel post top banner

दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, कार्तिक ५, २०७६
|
|
१४९४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो

सारांश

  • तिहारका लागि उच्छ्रङ्खल गीत गाएर विवादमा परेका गायक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले उनलाई छाडेको छ।
  • ‘ह्याप्पी तिहार,  चिसो बियर’ गीतका कारण उनीबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको थियो।
  • अधिवक्ता यज्ञराज न्यौपानेले उनीबिरुद्ध उजुरी दिएका थिए।

तिहारका लागि उच्छ्रङ्खल गीत गाएर विवादमा परेका गायक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले उनलाई छाडेको छ।

‘ह्याप्पी तिहार,  चिसो बियर’ गीतका कारण उनीबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको थियो।

अधिवक्ता यज्ञराज न्यौपानेले उनीबिरुद्ध उजुरी दिएका थिए। उनले सार्वजनिक रुपमा आफूबाट गल्ती भएको स्वीकार गरेका थिए। ‘मबाट गल्ती भयो, यसका लागि म माफी माग्छु, कानुनमा केके छ भनेर हामी कलाकारहरुले ख्याल पुर्‍याउनुपर्ने रहेछ, मैले जस्तो अरु कलाकारले भोग्नु नपरोस्,’ उनले सञ्चारकर्मीमाझ भनेका थिए। उनले धर्ममा आँच आउने गरी गीत तयार गरेका कारण प्रहरी चौकीसम्म आउनुपरेको भन्दै माफी मागेका थिए।

थापाले कलाकारहरुले गीत तयार गर्ने क्रममा सावधानी अपनाउनुपर्ने पनि सञ्चारकर्मीमाझ बताएका थिए। आफूले गरेको गल्ती अरुबाट नहोस् भन्ने आफूले चाहेको जानकारी पनि उनले गराएका थिए।

विवादमा आएपछि गायक दुर्गेश थापाले आफ्नो उक्त गीत युट्युबबाट हटाएका थिए। ‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट चर्चामा आएका गायक थापाले सार्वजनिक रुपमा माफी मागेपछि उनलाई छाडेको हो। गायक थापाले नराम्रा शब्दहरुलाई ‘बीप’ गरेर फेरि उक्त गीत ल्याउने जानकारी दिएका थिए।

जिल्ला प्रशासन कार्यालयले उनीबिरुद्ध उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेर अनुसन्धान गर्न आग्रह गरेको थियो। दुर्गेशलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएर महाशाखा ल्याएको थियो।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘यादमा मुटु चसकिने’मा अधुरो प्रेमको मार्मिक कथा
‘यादमा मुटु चसकिने’मा अधुरो प्रेमको मार्मिक कथा
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
मोडल एस. के. दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट
मोडल एस. के. दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा
बाढी पहिरो बिपद् पिडितहरुको साथी  पाल्देन लामा
बाढी पहिरो बिपद् पिडितहरुको साथी पाल्देन लामा
नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग
नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग
सुशान कुँईकेलको दोहोरी ब्याटल गीत “फुच्ची”सार्वजनिक
सुशान कुँईकेलको दोहोरी ब्याटल गीत “फुच्ची”सार्वजनिक
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?