singel post top banner

सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने सरकारको निर्णय

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, जेठ १, २०७७
|
|
१५६८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने सरकारको निर्णय

सारांश

  • काठमाडौं ।
  • सरकारले शनिबार देखि लागू हुने गरी सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।
  • आज बिहीबार देखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबार देखि भने जिल्ला भित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

काठमाडौं । सरकारले शनिबार देखि लागू हुने गरी सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ । आज बिहीबार देखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबार देखि भने जिल्ला भित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । ‘जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता पाउने छैनन् । अब पास बाहकले जिल्लाभित्रै पनि सो पास प्रयोग गर्न पाउँदैनन्’, उनले भने ।

कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको छ । यो निर्णय देशभर नै लागू गर्नेगरी गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरिसकेको छ। पछिल्लो समय पासको दुरुपयोग गर्दै मानिसहरुको अनावश्यक रुपमा आउजाउ हुने र भिडभाड हुने गरेको गुनासो बढेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नाकामा कडाइ गर्नुका साथै लकडाउन खुकुलो नबनाउन यस अघिको मन्त्रिपरिषद् बैठकमा निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन सँगै बिहीबारदेखि लागू हुनेगरी एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने निर्णय गर्दै गृहले पास रद्द गरेको थियो । पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा संक्रमण रोकथाममा नै चुनौति थपिएको बेला गृहको यो निर्णय आएको हो। हालसम्म देशभर २४६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
विवेकशील साझा पार्टीले विस्तार गर्यो, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख बने परियार
विवेकशील साझा पार्टीले विस्तार गर्यो, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख बने परियार
एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
१६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण
१६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण
भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो
भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?