singel post top banner

भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, चैत्र १९, २०७५
|
|
१४७६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो

सारांश

  • भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो पुनर्निर्माण प्राधिकरणले गरेकोे छ।
  • सरकारले चालु आवको लागि एक खर्ब ५१ अर्ब बजेट विनियोजन गरे पनि प्राधिकरणले प्रस्ताव गरेका आयोजना कार्यान्वयनका लािग बजेट अभाव हुँदा अघि बढाउन नसकेको हो।
  • अर्थले विनियोजन गरेको बजेटसमेत दिएको छैन।

भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो पुनर्निर्माण प्राधिकरणले गरेकोे छ। सरकारले चालु आवको लागि एक खर्ब ५१ अर्ब बजेट विनियोजन गरे पनि प्राधिकरणले प्रस्ताव गरेका आयोजना कार्यान्वयनका लािग बजेट अभाव हुँदा अघि बढाउन नसकेको हो। अर्थले विनियोजन गरेको बजेटसमेत दिएको छैन। खर्च अभावका कारण अर्थले पुनर्निर्माणका लागि मात्रै होइन अन्य परियोजनालाई समेत आवश्यक खर्च दिन सकिरहेको छैन। पछिल्लो सयम केही आयोजनलाई भने रकमान्तर गरेर बजेट दिइएको छ।

चालु आवको यो अवधिसम्म पुनर्निर्माणमा सरकारले ५० अर्ब ५६ करोड खर्च गरेको छ। प्राधिकरणले पुनर्निर्माणकाे स्वीकृतीका लागि पठाएका थुप्रै योजना अर्थ मन्त्रालयमा थन्किएका छन्। पुनर्निर्माणको यो अवधिमा प्राधिकरणले दुई खर्ब ३६ अर्ब खर्चेकाे छ। यो खर्च नेपाल सरकारको ट्रेजरीबाट मात्र भएको हो। यसबाहेक दातृ निकायहरूले आफ्नोतर्फबाट पनि खर्च गरेका छन्। भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणका लागि पहिलाे संशोधनमा सात खर्ब ३७ अर्ब लाग्ने अनुमान गरेको छ। प्राधिकरणले तयार पारेको पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजनामा नौ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।

विनासकारी भूकम्प गएको ४ वर्ष पुग्नै लाग्दा अझै पाँच खर्ब रुपैयाँ बराबरका निजी आवास, धार्मिक तथा सांस्कृतिक सम्पदा, विद्यालय तथा स्वास्थ्य भवन निर्माण हुन बाँकी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जानकारी दिए। प्राधिकरणले ५ वर्षे योजना बनाएर पुनर्निर्माण कार्य सुरु गरेको थियो। भूकम्पपछि गरिएको दाता सम्मेलनमा चार खर्ब १० अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म जम्मा दुई खर्ब ६२ अर्ब रुपैयाँ सम्झौता भएको छ। प्राधिकरणले थप सहयोग प्राप्त गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी सहयोग जुटाउन पहल गरिरहेको सीईओ ज्ञवालीले बताए।

‘बजेट भए चालु आवमै सबै शिक्षण र स्वास्थ्य संस्थाको निर्माण कार्य अघि बढाउन सकिन्छ,’ उनले भने ‘प्राविधिकको समस्या छैन।’ भूकम्पका कारण सात हजार पाँँच सय ५५ वटा शिक्षण संस्थामा क्षति पुगेको थियो। हालसम्म चार हजार दुई सय एक शिक्षण संस्था पुनर्निर्माण भएका छन् भने दुई हजार ६ सय १९ वटा यस्ता संस्थाको निर्माण भइरहेको छ। अझै सात सय ३३ वटा शिक्षण संस्था पुनर्निर्माण हुन बाँकी छ।

मंगलबार संसद्को विकास तथा प्रविधि समितिमा यसै विषयमा छलफल भएको छ। भूकम्पले क्षति पुर्‍याएका एक हजार एक सय ९७ स्वास्थ्य संस्थामध्ये हालसम्म ६ सय ४३ संस्था पुनर्निर्माण भइसकेका छन् भने अझै चार सय नौ स्वास्थ्य संस्था बाँकी छन्।

सरकारी भवन सुरक्षा निकायतर्फ जम्मा चार सय १५ भवन पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म दुई सय ६२ वटा निर्माण भएका छन्। सात सय ५३ सांस्कृतिक सम्पदामध्ये तीन सय ११ वटा भवन पुनर्निर्माण सुरु हुन बाँकी छ। दुई सय २१ वटा यस्ता भवन पुनर्निर्माण भइरहेका छन्।

६२ वटा पुरातात्विक तथा सांस्कृतिक सम्पदा तथा परम्परागत बस्ती पुनर्निर्माण गर्नुपर्नेमा हाल ६ स्थानमा कार्य भइरहेक छन् भने उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा परेका सात वटा क्षेत्र र रानीपोखरी, टेकुदोभान–शंकमूल क्षेत्रको बृहत्तर गुरुयोजना तयारीका लागि परामर्शदाता छनोट गरिएको सीईओ ज्ञवालीले बताए।

गुनासो अझै बन्द भएन

भूकम्प भएको चार वर्षको यो अवधिसम्म प्राधिकरणमा गुनासो आउन छाडेको छैन। निजी आवास पुनर्निर्माणका लागि आठ लाख १८ हजार आठ सय ५१ सेवाग्राही छनोटमा परे पनि चार लाख ३७ हजार ६ सय ६२ वटा गुनासो परेका छन्। तीमध्ये एक लाख २९ हजार चार सय १० वटा गुनासोको सर्वेक्षण भएको छ। प्राधिकरणले चार लाख ३४ हजार नौ सय १३ वटा गुनासाकोे सूचना प्रणालीबाट पुनरवलोकन गरेको छ। हालसम्म दुई सय ८५ वटा मुद्दा फैसला भए। चैत १८ गतेसम्म ६ लाख १० हजार एक हजार ७७ घर पुनर्निर्माण भइरहेका छन्।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गायिका स्मृति गौतमको नयाँ काठे लोकदोहोरी ‘निष्ठुरे’ सार्वजनिक
गायिका स्मृति गौतमको नयाँ काठे लोकदोहोरी ‘निष्ठुरे’ सार्वजनिक
अवार्ड दिन्छु भन्दै मोडल सँग सुमन बुढाले राखे सेक्स प्रस्ताव । सुमन बुढा सभामुख महरा बन्न खोजेकै हुन् त ?
अवार्ड दिन्छु भन्दै मोडल सँग सुमन बुढाले राखे सेक्स प्रस्ताव । सुमन बुढा सभामुख महरा बन्न खोजेकै हुन् त ?
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
अध्ययनले देखायो-मान्छे दैनिक करीब एक घण्टा अरुको कुरा काट्छ
अध्ययनले देखायो-मान्छे दैनिक करीब एक घण्टा अरुको कुरा काट्छ
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
कोहलपुरमा ASEZ WAO को वृक्षारोपण अभियान, एक हजार बिरुवा रोपिए
कोहलपुरमा ASEZ WAO को वृक्षारोपण अभियान, एक हजार बिरुवा रोपिए
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?