singel post top banner

अध्ययनले देखायो-मान्छे दैनिक करीब एक घण्टा अरुको कुरा काट्छ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, पौष २९, २०७६
|
|
१५२८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
अध्ययनले देखायो-मान्छे दैनिक करीब एक घण्टा अरुको कुरा काट्छ

सारांश

  • एजेन्सी | चाहे जस्तोसुकै मानिस किन नहोस् दिनमा एक पटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा काटेकै हुन्छ ।
  • यो मानिसको प्रवृत्ति नै हो ।
  • कसैको कुरा काट्ने बानी हुन्छ भने कतिले प्रशंसा र राम्रो नियतले पनि कुरा गरिरहेका हुन्छन् ।

एजेन्सी | चाहे जस्तोसुकै मानिस किन नहोस् दिनमा एक पटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा काटेकै हुन्छ । यो मानिसको प्रवृत्ति नै हो ।कसैको कुरा काट्ने बानी हुन्छ भने कतिले प्रशंसा र राम्रो नियतले पनि कुरा गरिरहेका हुन्छन् । यस्तोमा एउटा नयाँ अनुसन्धानपछि युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्ययनकर्ताहरुले मान्छेले दिनमा करिब १ घण्टा अरुका पछाडि कुरा गर्ने अर्थात ‘गसिप’ गरेर बिताउने गरेको खुलासा गरेका छन् ।

यसका लागि उनीहरुले ४ सय ६७ मानिसमा अध्ययन गरेका हुन् । सहभागी सबैमा एउटा सानो पोर्टेबल रेकर्डर लगाइएको थियो र दुईदेखि पाँच दिनसम्म उनीहरुका सबै संवाद र अन्तरक्रियाहरु अध्ययन गरिएको युनिभर्सिटीले जनाएको छ ।यसरी सबै रेकर्डिङको विश्लेषण गर्ने क्रममा नै एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने गरेको पत्ता लागेको हो तर अध्ययनमा केबल १५ प्रतिशतले मात्र कुरा काट्नेलगायत नकारात्मक कुरा गर्ने गरेको पाइएको छ ।

अध्ययनकी उपप्रमुख तथा विश्लेषक मेगान रोबिन्स भन्छिन्, ‘वास्तवमा हामीले अरुबारे गरिने अधिकांश कुराहरु नकारात्मक, सकारात्मक केही नहुने गरेको पाएका छौँ । अनुसन्धानपछि मानिसहरुले गसिप गर्दा प्रायः तटस्थ अभिव्यक्ति दिने वा ‘न्युट्रल’ रहने गरेको पाइएको हो ।’

उनका अनुसार रेकर्डिङका तीन चौथाइ संवाद सकारात्मक वा नकारात्मक केही भन्न मिल्दैन । यसमा आफ्नो अगाडि नभएका मानिसबारे गरिएका सबै कुरालाई ‘गसिप’ का रुपमा लिइएको थियो जसलाई अनुसन्धानकर्ताहरुले सकारात्मक, नकारात्मक र न्युट्रल गरी तीन थरीमा विभाजित गरेका हुन् ।

पुरुषले भन्दा महिलाले धेरै गसिप गर्ने गरेको पाइएको हो तर उनीहरुको कुरा प्रायः न्युट्रल किसिमको हुने वा जानकारीमा आधारित विषयमा रहने गरेको बताइएको छ । जस्तै उनीहरुबीच भतिजीको कामका बारेमा वा साथीको क्यान्सर उपचार सम्बन्धि लगायत यस प्रकारका कुरा हुने गर्दछ ।

यता युवाहरुले भने वयश्कको तुलनामा बढी नकारात्मक कुरा गर्ने गरेको डाटाले देखाएको छ । त्यस्तै सेलिब्रेटीहरुका बारेमा मानिसले कमै कुरा गर्ने गरेको पाइएको हो जसलाई आश्चर्यजनक मानिएको छ ।अधिकांश मानिसहरु गरिब र अशिक्षितहरुले धेरै गसिप गर्ने गरेको विश्वास गर्दछन् तर अनुसन्धानले सो भनाइ गलत साबित गरेको छ । अनुसन्धानका अनुसार धनी र शिक्षितहरु नै अरुका बारेमा धेरै कुरा काटिरहेका हुन्छन् ।

अध्ययनकर्ताहरुले प्राकृतिक अवलोकनपछि निकालिएको यो निष्कर्ष वास्तवमै यस प्रचलित तर गलत बुझिएको व्यवहारबारे धेरैको धारणा परिवर्तन गराउने दाबी गरेका छन् । अध्ययन अघिल्लो महिना जर्नल ‘सोसियल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स’ मा प्रकाशित थियो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
खुशिको खबर ! अब सबै मोबाईल एप “सोसल एप” मा , सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँ
खुशिको खबर ! अब सबै मोबाईल एप “सोसल एप” मा , सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँ
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको पशुपति आर्यघाटमा अन्त्येष्टि
सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको पशुपति आर्यघाटमा अन्त्येष्टि
कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन
कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बाट सरकारलाई रु २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बाट सरकारलाई रु २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?