singel post top banner

सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको पशुपति आर्यघाटमा अन्त्येष्टि

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, जेठ २१, २०७६
|
|
१६७१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको पशुपति आर्यघाटमा अन्त्येष्टि

सारांश

  • सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
  • आइतबार ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उनी सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका चन्द्रमणि मुडबरीको मृत्यु भएको थियो ।
  • शर्मा तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष, कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्षसमेत थिए ।

सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उनी सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका चन्द्रमणि मुडबरीको मृत्यु भएको थियो ।

शर्मा तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष, कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्षसमेत थिए । उनी लोकदोहोरी कलाकारसमेत थिए । उनकी श्रीमती र एक छोरा छन् । पार्थिव शरीरमा उनका बुुबा ईश्वरीप्रसाद घिमिरे र श्रीमती सिर्जनाले दागबत्ती दिएका थिए ।

शर्माको पार्थीव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पम्फा भूषालले पार्टीको झण्डा ओढाएका थिए । श्रद्धाञ्जलि दिन कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव), प्रतिनिधिसभाका सांसद् नवराज सिलवाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, चेतनाथ सञ्जेल, लाल कुमारी पुन (सुसिला), पूर्व सांसद्हरु सुशीला नेपाल, गंगा पराजुली, नेकपाका केन्द्रीय सदस्यहरु सूर्य थापा, हरि दाहाल (ललित), राष्ट्रिय समाचार समिति (रासस) का महाप्रवन्धक ओपेन्द्र शर्मा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत, नेपाल टेलीभिजनका महाप्रबन्धक सचिन रोका, पत्रकार बलराम थापा, गगन विष्ट, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तान, नेकपाका नेता शिव कट्टेललगायत पत्रकार तथा लोकदोहोरीका कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन
जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक
उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?