singel post top banner

मोडल एस. के. दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, कार्तिक ४, २०७६
|
|
१३९२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
मोडल एस. के. दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट

सारांश

  • काभ्रे जिल्ला नवबुद्ध नगरपालिका (साविकको मेथिन्कोट गाविस) मा जन्मिएका एस के (सुरेन्द्र कुमार) दाहाल हाल: नेपाली लोक सांगितिक क्षेत्रमा चर्चित मोडल हुन ।
  • २०६२ सालको एसएलसी पछि काठमाडौंमा आएका दाहालले आधुनिक गीत, नेपाली फिल्म र लोकगीतमा गरी करिब ४ सयको हाराहारीमा नृत्य प्रस्तुत गरिसकेका छन ।
  • कोरस नृत्यबाट आफ्नो अभिनय सुरु गरेका उनले हालसम्म ३ सयभन्दा बढिमा मोडलको भुमिका निवार्ह गरेका छन ।

काभ्रे जिल्ला नवबुद्ध नगरपालिका (साविकको मेथिन्कोट गाविस) मा जन्मिएका एस के (सुरेन्द्र कुमार) दाहाल हाल: नेपाली लोक सांगितिक क्षेत्रमा चर्चित मोडल हुन । २०६२ सालको एसएलसी पछि काठमाडौंमा आएका दाहालले आधुनिक गीत, नेपाली फिल्म र लोकगीतमा गरी करिब ४ सयको हाराहारीमा नृत्य प्रस्तुत गरिसकेका छन ।

कोरस नृत्यबाट आफ्नो अभिनय सुरु गरेका उनले हालसम्म ३ सयभन्दा बढिमा मोडलको भुमिका निवार्ह गरेका छन । दाहालले पहिलो मुख्य भुमिका ‘पूर्णिमाको जुनमा पनि दाग छ’ लोक गीतको म्युजिक भिडियोबाट सुर गरेका थिए । उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सै, जिरे खुर्सानी लगायत आधा दर्जन भन्दा बढि टेलिसिरियलहरुमा पनि आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् ।

दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट पनि छन । उनि भन्छन् ‘ यहि क्षेत्रमा रुचि राख्ने नयाँ र पैसा नभएका व्यक्तिहरुलाई ठाउँ पाउन गाह्रो छ । यो हाम्रा लागि चुनौतिको विषय हो । नेपाल चलचित्र संघ जस्तै यस क्षेत्रमा पनि नियमन गर्ने निकायको आवश्यक छ ।’ केहि संघसंस्थाहरु भए पनि खासै उल्लेखनिय काम नभएको दाहालको भनाई छ ।

एक त नियमन गर्ने निकाय नहुदाँ र भएका संघसंस्थाहरुले पनि प्रभावकारी रुपमा काम गर्न नसक्दा यस क्षेत्रमा जस्तासुकै व्यक्तिको प्रवेश भएको दाहालको दाबी छ । यसले गर्दा यसै क्षेत्रमा रुचि राख्ने, क्षेमता भएका, यसमै केहि गर्छु भन्ने तर पैसा नभएका व्यक्तिका लागि अवसर कम भएको उनी बताउछन ।

नेपाली मोडलिङ क्षेत्रमा चासो राख्ने जो कोहिलाई पनि नृत्य सिकेर मात्र यो क्षेत्रमा प्रवेश गर्न आग्रह दाहालको छ । यसरी सिकेर वा केहि ज्ञान बटुलेर आँउदा आईपर्ने समस्या तथा चुनौतिलाई समाधान गर्न सकिने पनि उनको भनाई छ ।

नेपाली मोडलिङ क्षेत्रमा काम गर्दा निकै संघर्ष गरेका उनले चैत बैशाखको टन्टलापुर घाममा कोरस नृत्य गर्दाको अविष्मरणीय क्षण पनि सम्झिछन । दाहाल भन्छन ‘नगरकोटको डाडाँमा पानी र दालमोड खाएर पनि कोरस नृत्य गरेको छु ।’

दाहालले हालसम्म आधा दर्जन भन्दा बढि अवार्डबाट पनि सम्मान पाईसकेका छन् । हाल उनले आफ्नो रेष्टुरेन्ट व्यवसायमार्फत केहि व्यक्तिलाई रोजागारी समेत दिईरहेका छन ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी
कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
त्रिविबाट शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु भयाे : शिक्षामन्त्री श्रेष्ठ
त्रिविबाट शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु भयाे : शिक्षामन्त्री श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
जातिय बिभेद भोग्ने म्याग्दी ताकमका कुशल रसाईलीलाई अनेक दबाब आएपछि  माफी माग्न बाध्य
जातिय बिभेद भोग्ने म्याग्दी ताकमका कुशल रसाईलीलाई अनेक दबाब आएपछि माफी माग्न बाध्य
भोटेकोशी बाढीपीडितका लागि परमेश्वरको मण्डलीको खाद्यान्न सहयोग
भोटेकोशी बाढीपीडितका लागि परमेश्वरको मण्डलीको खाद्यान्न सहयोग
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?