singel post top banner

मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१४२२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न

सारांश

  • बागमती ।
  • कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् ।
  • बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा एक सय एक योजना सम्पन्न भएका जनाएको छ ।

बागमती । कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा एक सय एक योजना सम्पन्न भएका जनाएको छ ।

ती योजनामा रु १७ करोड ८९ लाख ४७ हजार ६७५ खर्च भएको बताइएको छ । एक सय ९१ योजनाका लागि रु ३८ करोड ९८ हजार विनियोजित रकममध्ये सम्पन्न भएका योजनामा रु १७ करोड ८९ लाख ४७ हजार ६५७ खर्च भएको छ ।

सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ चार वटा, सिँचाइसम्बन्धी ८० वटा, मझौला सिँचाइ योजना एक, तथा अन्य १५ वटा योजना सम्पन्न भएका छन् । योजनाअन्तर्गत चालु आवको हालसम्म पाँच हजार मिटर कुलो, सातवटा कल्भर्ट, दुई वटा पक्की सिँचाइ मुहान, तीनवटा सिँचाइ पुल निर्माण, एक सय २४ मि जाली निर्माण, तीन हजार एक सय ७६ जाली बाँध निर्माण, दुई हजार तीन सय ८० मिटर बाँध निर्माण, छ हजार चार सय ५० मिटर लामो पाइपबाट सिँचाइ कुलो निर्माण भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख निर्मल दाहालले जानकारी दिए । पुरानो नहरको संरचना मर्मतबाट पाँच सय हेक्टर जमिन तथा थप नयाँ सिँचाइ योजनाबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको तथा अन्य संरचनाको मर्मत र निर्माण भइरहेको छ ।

मकवानपुर जिल्लामा हालसम्म ६२ हजार १७ हेक्टर खेतीयोग्य जमिन भएपनि २० हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ । चालु आवको अन्तिमसम्ममा पुराना तथा नयाँ सिँचाइ योजना सम्पन्न भएमा एक हजार ५० हेक्टर थप जमिन सिञ्चित हुने कार्यालयको जनाएको छ । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ विकास मन्त्रालयले दुई वर्ष अगाडि प्रदेशका १३ जिल्लामा खेतीयोग्य जमिन तथा त्यहाँ उपलब्ध सिँचाइ सुविधाबारे सर्वेक्षण गरेको थियो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित
नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान
मानसराजको ‘माया माया हो’ सार्वजनिक
मानसराजको ‘माया माया हो’ सार्वजनिक
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
बलिउड अभिनेत्री सबना आजमी कार दुर्घटना परी गम्भीर घाइते
बलिउड अभिनेत्री सबना आजमी कार दुर्घटना परी गम्भीर घाइते
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
एसियाडका लागि नेपाली उसु टोलीलाई औपचारिक बिदाइ
एसियाडका लागि नेपाली उसु टोलीलाई औपचारिक बिदाइ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?