singel post top banner

एसियाडका लागि नेपाली उसु टोलीलाई औपचारिक बिदाइ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, भाद्र ३०, २०८३
|
|
७५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
एसियाडका लागि नेपाली उसु टोलीलाई औपचारिक बिदाइ

सारांश

  • काठमाडौं ।
  • जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन लागेको नेपाली उसु टोलीलाई काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत बिदाइ गरिएको छ।
  • नेपाल उसु महासंघको आयोजनामा भएको कार्यक्रममा एसियाडका लागि छनोट भएका खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई शुभकामनासहित बिदाइ गरिएको हो।

काठमाडौं । जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन लागेको नेपाली उसु टोलीलाई काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत बिदाइ गरिएको छ।

नेपाल उसु महासंघको आयोजनामा भएको कार्यक्रममा एसियाडका लागि छनोट भएका खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई शुभकामनासहित बिदाइ गरिएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दा अनुशासन, आत्मविश्वास र उत्कृष्ट खेल प्रदर्शनलाई प्राथमिकतामा राख्न खेलाडीहरूलाई आग्रह गरे।

आगामी असोज ३ देखि १८ गतेसम्म हुने एसियाडमा नेपालबाट उसुका १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीमा ७ पुरुष र ३ महिला खेलाडी छन्। उनीहरूले उसुका थाउलो र सान्सौँ विधामा प्रतिस्पर्धा गर्नेछन्।

टोलीमा विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल, सविता राई, रोहित चुनारा, अमर सुनार, सन्जिव महर्जन र रिता ठकुल्ला रहेका छन्।

खेलाडीहरूको प्रशिक्षण तथा प्रतियोगिताको तयारीमा प्रकाश महर्जन र तुल्सीनन्द वज्राचार्यले प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। थाउलो टोलीको प्रशिक्षकमा प्रकाश महर्जन तथा सान्सौँ टोलीको प्रशिक्षकमा तुल्सीनन्द वज्राचार्य रहेका छन्। प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकका रूपमा मन्जुर महर्जन सहभागी हुनेछन्।

बिदाइ कार्यक्रममा प्रतिनिधिसभा सांसद प्रभा कार्की, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य पवन शाही, नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना ‘विश्वास’ सहित महासंघका पदाधिकारी, प्रशिक्षक, खेल क्षेत्रका व्यक्तित्व तथा खेलप्रेमीहरूको सहभागिता थियो।

कार्यक्रममा वक्ताहरूले नेपाली खेलाडीहरूले लामो समयदेखि गर्दै आएको प्रशिक्षण र मेहनतलाई प्रतियोगिताको मैदानमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। उनीहरूले एसियाड जस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिचान र प्रतिष्ठा थप उचो बनाउने गरी खेल्न शुभकामना दिएका थिए।

यसै अवसरमा ‘संगथा इन्भल्भ टुगेदर’ नामक संस्थाले नेपाली उसु टोलीलाई प्रोत्साहनस्वरूप सहयोग गरेको छ। संस्थाले प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई आकर्षक टिसर्ट प्रदान गर्दै सम्मान गरेको हो।

लामो समयको प्रशिक्षणपछि प्रतियोगिताका लागि तयार रहेको नेपाली उसु टोली पदक जित्ने लक्ष्यसहित जापान जाने तयारीमा छ। महासंघले खेलाडीहरूको तयारी, निरन्तर अभ्यास र आत्मविश्वासका आधारमा एसियाडमा राम्रो नतिजा हासिल गर्ने अपेक्षा गरेको छ।

नेपाली खेलाडीको प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुदको छवि थप बलियो बनाउनुका साथै नेपाली खेल क्षेत्रमा नयाँ उत्साह र सम्भावना थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन
काठमाडौँमा हालसम्मकै ठुलो ऐतिहासिक ट्याक्सि र्‍याली
काठमाडौँमा हालसम्मकै ठुलो ऐतिहासिक ट्याक्सि र्‍याली
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
श्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन
श्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?