singel post top banner

जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१५४८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै

सारांश

  • बारा ।
  • वर्षदिन अघिसम्म सुनसान रहेको जीतपुर सिमरा अस्पतालमा सेवा, सुविधा थप भएपछि बिरामीको चाप ह्वात्तै बढेको छ ।
  • पछिल्लो समय अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, गर्भवती परीक्षण, गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ल्याब परीक्षण र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओ.

बारा । वर्षदिन अघिसम्म सुनसान रहेको जीतपुर सिमरा अस्पतालमा सेवा, सुविधा थप भएपछि बिरामीको चाप ह्वात्तै बढेको छ । पछिल्लो समय अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, गर्भवती परीक्षण, गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ल्याब परीक्षण र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओ.पी.डी. सेवा सञ्चालन गर्दै आएको छ ।

विगतमा खकार, रगत, सुगर, थाईराइड, मुटु, मिर्गौला परीक्षण गर्न वीरगन्ज, हेटौँडा काठमाडौँ जाने बिरामीहरूले अहिले जीतपुर सिमरा अस्पतालबाटै सेवा पाउन थालेका छन् । मुटुको समस्या भएका बिरामीहरूलाई हृदयाघात भए/नभएको परीक्षण समेत जीतपुर सिमरा अस्पतालबाटै पाउने अस्पतालका प्रमुख डा. प्रकाश साहले जनाएका छन् ।

‘हामीले बिरामीको चाप बढेपछि ओपीडी पनि बिहान ९ देखि साँझ ५ बजेसम्म चलाउन सुरु गरेका छौ’ अस्पतालका प्रमुख डा.साहले भने– ‘मुटुको समस्या भएका बिरामीहरूलाई हृदयाघात हो/होइन भनेर परीक्षण गर्न ल्याब जाँच गर्न पहिला वीरगन्ज, हेटौँडा पठाउँथ्यौ, अहिले त्यो सेवा हाम्रै अस्पतालमा सुरु भएको छौ ।’

अहिले दैनिक २ सय देखि २५० जना बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन् भने दैनिक ५० देखि ६० जनाले ल्याबको सुविधा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ । ‘अहिले जीतपुर सिमरा अस्पतालप्रति बिरामीहरूको धेरै नै विश्वास बढ्दै गएको हामीले पाएका छौँ, पहिला सानोतिनो समस्या लिएर वीरगन्ज, हेटौँडा जाने बिरामीहरू पनि हामीकहाँ आउनुभएको छ ।’ अस्पताल इन्चार्ज डा.साहले भने– ‘हामीकहाँ सुगर, प्रेसर, दम थाईराइडर, भाइरल ज्वरो, रुघा, खोकीका बिरामीहरू बढी आइरहनुभएको छ ।’

जीतपुर सिमरा अस्पतालबाट उपमहानगरका २४ वटै वडाका स्थानीय बाहेक बाराका अन्य पालिका र रौतहटसम्मका बिरामीले सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ । ४ जना डाक्टरसहित ३२ जना स्वास्थ्यकर्मीको टोलीले अहिले अस्पतालमा सेवा दिइरहेका छन् । अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि फार्मेसी सञ्चालन गरेको छ, जसमा नेपाल सरकारले प्रदान गर्ने ९८ प्रकारका औषधिहरू निःशुल्क पाइन्छ भने अन्य बजारमा पाइने महँगो औषधीमा न्युनतम् शुल्कमा पाइने अस्पताल प्रशासनले जनाएको छ ।

जीतपुर सिमरा उपमहानगरले शिक्षा र स्वास्थ्यमा सुधार गर्ने नीति अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पतालको रूपमा सञ्चालन गरेका हो ।

अस्पताललाई चुस्त दुरुस्त सञ्चालन गर्न अझै धेरै व्यवस्थापनको काम गर्न बाँकी रहेको डा.साहले जनाएका छन् ।

अस्पतालका ल्याब टेक्निसियन रमनकुमार उपाध्यायले ल्याब परीक्षणका लागि २ महिनाअघि नयाँ मेसिनहरू सञ्चालनमा ल्याएको बताएका छन् । ‘बिरामीलाई पहिला धेरै परीक्षण गर्न चर्को शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यता थियो अहिले यही धेरै सुविधा उपलब्ध छ’ ल्याब टेक्निसियन उपाध्यायले भने– ‘अहिले हाम्रो ल्याबमा चिनी रोग, लिभर, मिर्गौला, मुटुको सबै परीक्षण हुन्छ’

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुन सक्ने
अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुन सक्ने
महानायक बिबादबारे बोलिन् नायिका तथा मोडल आशा भुसाल,  दिपा श्री निरौलालाई दिईन् यस्तो दनक
महानायक बिबादबारे बोलिन् नायिका तथा मोडल आशा भुसाल, दिपा श्री निरौलालाई दिईन् यस्तो दनक
सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने सरकारको निर्णय
सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने सरकारको निर्णय
श्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन
श्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?