singel post top banner

म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, पौष २८, २०७७
|
|
१६९२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद

सारांश

  • काठमाडाैं ।
  • यही पौष २२ गते म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्वर ७, ताकममा अस्पताल शिलान्यास कार्यक्रम जिल्ला सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सो कार्यक्रमा पालिका उपमेयर रेशम छन्त्याल, स्थानिय बुद्धिजिवी र स्थानियबासीहरुको सहभागितामा रहेको थियो ।
  • ताकमका ३,४,५ नं वडाबासीहरु उपल्लो जाती र वडा ६ नं का दलितहरुले दलितहरुलाई सेलरोटी बनाउने निर्णय भयो ।

काठमाडाैं । यही पौष २२ गते म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्वर ७, ताकममा अस्पताल शिलान्यास कार्यक्रम जिल्ला सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सो कार्यक्रमा पालिका उपमेयर रेशम छन्त्याल, स्थानिय बुद्धिजिवी र स्थानियबासीहरुको सहभागितामा रहेको थियो ।

ताकमका ३,४,५ नं वडाबासीहरु उपल्लो जाती र वडा ६ नं का दलितहरुले दलितहरुलाई सेलरोटी बनाउने निर्णय भयो । त्यस गाँउपालिकामा अझैंपनि जातिय बिभेद कायम नै रहेको र बर्षाैं देखी बिभेद सहदै आएको कुरा दलित समुदायका युवा कुशल रसाईलीले आफ्नो सामाजिक सञ्जाल मार्फत गुनासो ब्यक्त गरेका छन् ।

अस्पताल शिलान्यास कार्यक्रममा उपल्लो जात र तल्लो जात भनि दुई वटा भान्सा गरियो । सबै जातिलाई समान ब्यवहार गराउछु भन्ने, जातिय बिभेद हटाउछु भन्ने म्याग्दी जिल्लाका सभासद भुपेन्द्र थापा स्यबं शिलान्यास कार्यक्रमको प्रमुख अतिथी हुुनुहुन्थ्यो, आफ्नै आँखा अगाडी त्यस्तो घट्ना घट्दा उनको किन ध्यान गएन ।

खै त बोलेको कुरा पुरा गरेको । चुनावको बेला यस्तो गर्छ , उस्तो गर्छुु भन्ने अनी चुनाव जितेपछी अरु कुरा भाषणमा मात्र सिमित । यो पनि कुनै तरिका हो ? दलित समुदाय मानव हैन र ? उनीहरुलाई अरु शरह बाच्ने अधिकार छैन र ? दलितहरु चुनावको लागी मात्र भोटर मात्र हुन् ? यस प्रती सभासद भुपेन्द्र थापाले ध्यान दिन जरुरी छ । सतिऔं देखी चलेको जातिय बिभेद अहिले २१ औं शताब्दीमा आईसक्दा पनि अन्त्य हुन सकेको छैन ।

जातिय बिभेद तथा छुवाछुत कसुर ऐन २०६८ बनेतापनि त्यो कसुर ऐन अक्षरमा मात्र सिमित भएको छ । यस ऐनको ब्यवहारीक रुपमा लागु हुन सकेको छैन । सानालाई ऐन ठुलालाई चैन भने जस्तै भएको छ । जातिय बिभेदको अन्त्य हुने कहिले ? ब्यबहारीक रुपमा लागु हुने कहिले ? यस प्रती नेपालभरका दलित समुदायहरु एक भई आवाज उठाउनु पर्ने जरुरी छ ।

अस्पताल शिलान्यास कार्यक्रममा म्याग्दीका पत्रकार सन्तोष गौतमकाे सहभागिता भएको र त्यस्तो बिभेद भएपछि समाचार सम्प्रेषण नगरेको दलित समुदायको गुनासो रहेको छ ।

पत्रकार राज्यको चौथौ अंग हो । पत्रकार सबैको साझा हो । पत्रकारले कसैलाई बिभेद गर्न मिल्दैन । पत्रकारीताले कसैलाई बिभेद गर्न भन्दैन तर पत्रकारीता आचारसंहिता भित्र रहेर काम गर्नुपर्छ । पत्रकार सन्तोष गौतमले दलितको समाचार किन सम्प्रेषण गर्न चाहेनन् त ? गैरदलित पत्रकार भएर दलितको समाचार सम्प्रेषण गर्न नचाहेको प्रष्ट अनुमान गर्न सकिन्छ ।

ताकममा यस्तो घट्ना हुँदा म्याग्दीका दलित अगुवाहरु किन कानमा तेल हालेर बसेका छन् । किन चुप छन् म्याग्दीका दलित अगुवा ।

यस प्रती सबैले आवाज उठाउन पर्छ । यस मुद्धा प्रती सम्बन्धीत निकायको छिट्टै ध्यान जाओस् । पिडित पक्षहरुले छिट्टै न्याय पाउन् यही कामना गरौं ।                                                                                                  साभार : कान्तिपथ डटकम

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
मानसराजको ‘माया माया हो’ सार्वजनिक
मानसराजको ‘माया माया हो’ सार्वजनिक
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र
भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र
२०७८ माघ १ को अवस्थामा फर्कियो एनआरएनए
२०७८ माघ १ को अवस्थामा फर्कियो एनआरएनए
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे
सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?