singel post top banner

बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१३४८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु

सारांश

  • सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेपछि सुई लगाउन गएकी एक जनाको ज्यान गएको छ ।
  • कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौराको ज्यान गएको हो ।
  • मृतकका आफन्त मनीषा चौधरीका अनुसार चैत १५ गते घरको बिरालोले डंगौराको खुट्टामा नङले कोपरेको थियो ।

सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेपछि सुई लगाउन गएकी एक जनाको ज्यान गएको छ । कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौराको ज्यान गएको हो ।

मृतकका आफन्त मनीषा चौधरीका अनुसार चैत १५ गते घरको बिरालोले डंगौराको खुट्टामा नङले कोपरेको थियो । केही भइहाल्छ कि भनेर उनी रेबिज विरुद्धको सुई लगाइन् । गत आइतबार (१८ गते) रेबिज विरुद्धको दोस्रो डोजको सुई लगाउन पनि उनी आफै अस्पताल पुगेकी थिइन् । डाक्टरले सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै डंगौराले बहिनीलाई फोन गरिन् । उनको बहिनी अस्पताल नपुग्दै उनलाई भेन्टिलेटरमा राखिसकेको मनीषा बताउँछिन् ।

अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेको छ । तर मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् । मनीषाले भनिन्, ‘आफै हिँडेर सुई लगाउन आएको मान्छेको ज्यान जानु भनेको अचम्मको कुरा छ । ठुलो घाउ वा चोट पनि थिएन । दिदीले हामीलाई पटक पटक केही कुरा बताउन खोज्दा पनि नर्सहरूले हामीलाई बताउन समेत दिएनन् । यो सरासर अस्पतालको लापरबाही हो । हामी शव बुझ्न सक्दैनौ ।’

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ । तर विरलैमा यो समस्या देखिने उनको भनाइ छ । यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कमरको भनाइ छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

साझा युवा संगठन पर्सा गठन
साझा युवा संगठन पर्सा गठन
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?