singel post top banner

तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, आषाढ ३०, २०८३
|
|
१६९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

सारांश

  • हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा तीज गीतहरूको चहलपहल बढ्न थालेको छ।
  • यसै क्रममा चर्चित गायिका शान्तिश्री परियार को स्वरमा सजिएको नयाँ तीज गीत ‘केटी पार्टी’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
  • मंगलबार काठमाडौंको कोटेश्वरस्थित होटल तपोवन मा आयोजित विशेष कार्यक्रममा गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा तीज गीतहरूको चहलपहल बढ्न थालेको छ। यसै क्रममा चर्चित गायिका शान्तिश्री परियार को स्वरमा सजिएको नयाँ तीज गीत ‘केटी पार्टी’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

मंगलबार काठमाडौंको कोटेश्वरस्थित होटल तपोवन मा आयोजित विशेष कार्यक्रममा गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा मनिष श्रेष्ठ को शब्द तथा संगीत रहेको छ भने आकाश नेपाली ले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्।

‘केटी पार्टी’ ले “उमेर कहिल्यै बाधक हुँदैन, इच्छा, आत्मविश्वास र उत्साह भए जुनसुकै उमेरमा पनि नाच्न, रमाउन र आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिन्छ” भन्ने सकारात्मक सन्देश बोकेको छ। तीजको मौलिकता र आधुनिक प्रस्तुतिको सुन्दर संयोजन गरिएको यस गीतले सबै उमेर समूहका महिलालाई समेट्ने प्रयास गरेको छ।

गीतको म्युजिक भिडियोमा बिमला भण्डारी, सरिता थापा, कोइली थापा, सरदा श्रेष्ठ र नूतन अधिकारी को आकर्षक अभिनय तथा नृत्य रहेको छ। भिडियोको छायांकन र सम्पादन पवन सुरील ले गरेका हुन् भने कोरियोग्राफी तथा निर्देशन मनिष श्रेष्ठ ले गरेका छन्।

‘केटी पार्टी’ को म्युजिक भिडियो Manish Shrestha Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भिडियोमा अभिनय गर्ने कलाकारहरू सामाजिक सेवामा सक्रिय रहँदै विभिन्न संघ–संस्थामार्फत उल्लेखनीय योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरू समेत हुन्। उनीहरूले उत्साह र समर्पणका साथ यस वर्ष तीज गीतमा सहभागिता जनाएको र आगामी वर्षहरूमा पनि यही टोलीमार्फत नयाँ–नयाँ तीज गीत दर्शकमाझ ल्याउने तयारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
विश्वकर्मा कलाकार समाज, नेपालद्धारा आपतकालिन कलाकार राहत कोषको स्थापना
विश्वकर्मा कलाकार समाज, नेपालद्धारा आपतकालिन कलाकार राहत कोषको स्थापना
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी
कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
म्याग्दीको ताकममा जातिय बिभेदको समाचार प्रकाशन भएपछि खण्डन गर्दै पत्रकार सन्तोष गौतम
म्याग्दीको ताकममा जातिय बिभेदको समाचार प्रकाशन भएपछि खण्डन गर्दै पत्रकार सन्तोष गौतम
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?