singel post top banner

चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१५५९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक

सारांश

  • काठमाडौं– आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ ।
  • अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।
  • गायक सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् ।

काठमाडौं– आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।गायक सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । गीत सिनेमाको कथा अनुसार तयार पारिएको निर्माण पक्षले बताएको छ ।

गायक सपुतले सिनेमाको मर्म अनुसार नै आफूले गीत तयार पारेको जनाएका छन् । गीतमा केकीसहित निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलियाको समेत अभिनय रहेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीका अनुसार महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको छ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
टिकटकमा भाईरल भएकी स्याङ्जाकी सुनिता जो बोल्न र सुन्न सक्दिनन्
टिकटकमा भाईरल भएकी स्याङ्जाकी सुनिता जो बोल्न र सुन्न सक्दिनन्
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
बिकाशमा एकपछि अर्को फड्को, निराशामा आशाको दियो बाल्दै सांसद चौलागाई
बिकाशमा एकपछि अर्को फड्को, निराशामा आशाको दियो बाल्दै सांसद चौलागाई
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?