singel post top banner

अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, माघ २३, २०८०
|
|
१७८० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान

सारांश

  • काठमान्डौ थाइल्याण्डमा भएको अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि भएर विजयी भएका रोल्पाका २ खेलाडीहरू आज स्वदेश फर्किएका छन्।
  • विभिन्न ९ वटा देशका खेलाडीहरूको विचमा माघ १३ गते भएको अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ५४ केजी तौल समुहको प्रतिस्पर्धामा सहभागि भइ रोल्पा त्रिवेणी गाउँपालिकाका विरेन्द्र डाँगीले प्रथम स्थान अर्थात गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए भने ५१ केजी समुहको प्रतिस्पर्धामा सहभागि भइ रोल्पा थबाङ गाउँपालिकाका रिमोट झाक्री मगरले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए।
  • साथै यि दुइ खेलाडी मलेसियामा भएको पुम्से सेमिनारमा पनि सहभागि भएर उत्तिर्ण भएका छन्।

काठमान्डौ थाइल्याण्डमा भएको अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि भएर विजयी भएका रोल्पाका २ खेलाडीहरू आज स्वदेश फर्किएका छन्। विभिन्न ९ वटा देशका खेलाडीहरूको विचमा माघ १३ गते भएको अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ५४ केजी तौल समुहको प्रतिस्पर्धामा सहभागि भइ रोल्पा त्रिवेणी गाउँपालिकाका विरेन्द्र डाँगीले प्रथम स्थान अर्थात गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए भने
५१ केजी समुहको प्रतिस्पर्धामा सहभागि भइ रोल्पा थबाङ गाउँपालिकाका रिमोट झाक्री मगरले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए। साथै यि दुइ खेलाडी मलेसियामा भएको पुम्से सेमिनारमा पनि सहभागि भएर उत्तिर्ण भएका छन्।


दुई देशमा हुने खेलमा सहभागी हुन माघ ११ गते थाईल्याण्ड प्रस्थान गरेका उनिहरु आज बिहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन ।
उनिहरुलाई प्रतिनिधि सभा सांसद तथा एमाले केन्द्रिय सदस्य ईश्वरी घर्तीमगरको संयोजनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रांगणमा स्वागत र बधाई ज्ञापन गरिएको हो।
सो कार्यक्रममा प्रतिनिधि सभा सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री बद्री पाण्डे, एमाले सांसद हर्कमाया विश्वकर्मा, सामाजिक अभियन्ता शोभाराम डाँगी, नेकपा एमाले रोल्पा-काठमाडौ सम्पर्क मन्चका अध्यक्ष गौरब डाँगि, पत्रकार डिबी बुढाथोकी, ईश्वर मगर रोल्पाली शुभेच्छुकहरु र अन्य सन्चारकर्मीहरुले विजयी खेलाडीहरुलाई खादा, माला, अविर र नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।


यसअघि भारतको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि सहभागि भएर आ-आफ्नो तौल समुहमा प्रथम स्थान हासिल गरिसकेका रोल्पाका मध्यम वर्गीय परिवारका विरेन्द्र र रिमोट अहिले सम्म आफ्नो व्यक्तिगत खर्चमा अन्तराष्ट्रिय खेल खेलिरहेको बताएका छन्। खेल क्षेत्रलाई नेपालका ३ तहकै सरकारले प्राथमिकता नदिएको गुनासो गर्दै उनिहरुले आफुहरुको खेल क्षेत्रमै स्थापित हुने तिब्र चाहना हुँदाहुँदै पनि आर्थिक अभावले सबै अन्तराष्ट्रिय तहको खेलमा सहभागी हुन नसक्ने बाध्यता आइपरेको बताएका थिए। खेलमा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विरेन्द्र र रिमोटलाई स्वागत गर्न एअरपोर्ट पुगेका रोल्पा रुन्टिगढि-४ का एमाले युवा नेता वेगम पुनले जनहि १०/१० हजार तथा सांसद बद्री पाण्डेले २ हजार , शोभाराम डाँगीले ५ हजार, दाङका व्यवसायीहरु रमेश भुसाल, पदम भण्डारी, ईश्वर गोराथोकी, शनम शर्मा, डा.सोम प्रसाद रिजाल, महेश चौधरी र निरज चौधरीले १/१ हजार रूपैयाँ पुरस्कार स्वरुप नगद प्रदान गरेका थिए। अन्तराष्ट्रिय विमानस्थल प्रांगणमा सम्पन्न खेलाडी स्वागत तथा बधाई ज्ञापन कार्यक्रमको सहजीकरण गैरसरकारी संस्था महासंघका पुर्व केन्द्रिय सचिव तथा सामाजिक अभियन्ता शोभाराम डाँगीले गर्नुभएको थियो। विजेता २ खेलाडीलाई जरुवा प्रा.लि. का अध्यक्ष दिपक डाँगी र टक्सार मासिकका सम्पादक किरण आचार्य समेत कार्यालयमा निमन्त्रणा गरेर बधाई र सम्मान ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जीवी राई गृहमन्त्रीको सम्पर्कमा छन् : महामन्त्री शर्मा
जीवी राई गृहमन्त्रीको सम्पर्कमा छन् : महामन्त्री शर्मा
सांगीतिक मोह संगै एक पछि अर्काे प्रगती गर्दै बडु परिवार
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?
प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?