singel post top banner

कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, चैत्र २१, २०८०
|
|
१५७२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट

सारांश

  • एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टिम आयरल्याण्डले नेपाल ‘ए’ लाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्ड २८.
  • ३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।

एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टिम आयरल्याण्डले नेपाल ‘ए’ लाई १ सय ५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्ड २८.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।
आयरल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपाली तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । उनले ६.३ ओभरमा एक मेडनसहित २१ रन दिएर चार विकेट लिएका हुन् ।

कमलले ३९ औँ ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे । ह्याट्रिक लिनेक्रममा उनले लियाम म्याकार्थीलाई दुई, म्याथ्यू हम्फ्रेज र बेन ह्वाइटलाई शून्यमै आउट गरे । कमलले उनीहरूमध्ये हम्फ्रेज र ह्वाइटलाई बोल्ड गरे ।

नेपाल ‘ए’ लाई सातौं सफलता स्पिनर साहब आलमले दिलाएका थिए । उनले ३६.२ ओभरमा केड कार्माइकललाई क्याच आउट गराए । केडले आज ७७ बलमा चार चौकाको मद्दतमा ५१ रनको इनिङ खेले । यस्तै, नेपाललाई छैटौँ सफलता रन आउटको रूपमा मिल्यो ।

३४ औँ ओभरको अन्तिम बलमा देव खनाल र विकेटकिपर अर्जुन साउद मिलेर फिओन ह्यान्डलाई शून्यमै रनआउट गरे । यही ओभरको पाँचौं बलमा लेगस्पिनर मौसम ढकालले ग्यारेथ डेलानीलाई ६ रनमा आउट गरे ।नेपाललाई चौथो सफलता तीव्र गतिका बलर कमल सिंह ऐरीले दिलाए । उनले २८.३ ओभरमा कप्तान निल रकलाई एल्बीडब्लू धरापमा पारे । कप्तान रकले आज ३२ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ३९ रनको आक्रामक पारी खेले ।

आयरल्याण्ड वुल्भ्सको तेस्रो विकेट लेगस्पिनर मौसम ढकालले लिए । उनले १७.४ ओभरमा स्टार ब्याटर पिटर मूरलाई बोल्ड गरे । मूरले आज ३४ बलमा एक छक्का र एक चौकासहित २१ रन जोडे । नेपाललाई दोस्रो सफलता स्पिनर साहब आलमले दिलाए ।

उनले ८.४ ओभरमा आयरल्याण्डका महत्वपूर्ण ब्याटर स्टिफन डोहेनीलाई १२ रनमा बोल्ड गरे । साहबले आफ्नो पहिलो ओभरमै विकेट लिएका हुन् । नेपाललाई पहिलो सफलता युवा तीव्र गतिका बलर रिजन ढकालले दिलाए ।उनले ५.१ ओभरमा जेम्स म्याक्लमलाई १२ रनमा आउट गरे । रिजनले म्याक्लमलाई विकेटकिपर अर्जुन साउदबाट क्याच आउट गराए । नेपाल ‘ए’ र आयरल्याण्ड टी–२० पछि एकदिवसीय सिरिज खेलिरहेका हुन् । तीन खेलको सिरिज नेपालले २–१ ले गुमाएको थियो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा
नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन
धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भब्यरुपमा सम्पन्न
धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भब्यरुपमा सम्पन्न
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने
सरकारको नीति वर्षमा दुईपटक भर्ना : विद्यार्थीबाट चर्को शुल्क असुल्न कि शिक्षा सुधार्न ?
सरकारको नीति वर्षमा दुईपटक भर्ना : विद्यार्थीबाट चर्को शुल्क असुल्न कि शिक्षा सुधार्न ?
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता असोज २२ र २३ गते हुँदै
दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता असोज २२ र २३ गते हुँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?