singel post top banner

१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, चैत्र २१, २०८०
|
|
१६४० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन

सारांश

  • पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार” भन्ने मुल नारा सहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ ।
  • फागुन १८ गते देखी २७ गते सम्म देशका बिभिन्न भागमा आयोजना गरिएको मेला फाल्गुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन समारोहबाट मेलाको सुरुवात भएको थियो।
  • कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागी रहेको थियो ।

पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार” भन्ने मुल नारा सहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गते देखी २७ गते सम्म देशका बिभिन्न भागमा आयोजना गरिएको मेला फाल्गुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन समारोहबाट मेलाको सुरुवात भएको थियो। कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागी रहेको थियो ।


काठमाडौंमा उद्घाटन कार्यक्रमपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएको ११ देशका कलाकारले बसन्तपुर दरबारक्षेत्र तथा काठमाडौंको मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीमा आफ्नो प्रस्तुती दिएका थिए। दाङको घोराही बजार, काठमाडौंको असन ईन्द्रचोक हुँदै बसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजुक्षेत्रमा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका सहभागी कलाकारहरूले आ-आफ्नो देशको संस्कृति झल्काउँदै संगीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाकी प्रदर्शन गरेको मेला १० लाख भन्दा बढीले प्रतक्ष्य अबलोकन गरेको एभरेष्ट नेपाल कल्चरल ग्रुपको दाबी छ।


विगत दुई दशकदेखि प्रत्येक दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रन्णा गरी आयोजना गरिने यस मेला एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सम्पन्न गरिएको हो।उद्घाटन सत्रमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला साथमा नेपाल टेलिकमका संम्योजक डा. आरसी कोइराला ‘रामचन्द्र’ले भन्नु भयो “हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं, तर नृत्य र संगीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छ” ‘यस्ता सांस्कृतिक आदानप्रदान कार्यक्रमले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने’ हाम्रो विश्वास लिएका छौ, कोइरालाले भने ।


१२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको स्थानिय आयोजक दाङ उध्योग बणिज्य संघ, नेपाल उध्योग बणिज्य महासंघ गण्डकी प्रदेश, वज्र कला कुन्ज, लालीगुराँस नेशनल एकेडेमीलाई एभरेष्ट नेपाल कल्चरल ग्रुप हृदय देखी धन्यवाद दिन चाहन्छ साथै नेपाल टेलिकम लगाएत बुढानिलकण्ठ नगरपालिका, पोखरा महानगरपालिक, ललितपुर महानगरपालिक, नेपाल संगीत नाट्य एकेडेमी साथै बिभिन्न अन्तर्राष्ट्रिय संघसस्थाहरु। बिभिन्न संचारगृहहरु, संचार माध्यमहरु लगएत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई एभरेष्ट नेपाल कल्चरल ग्रुप नमन गर्दछ। १३औ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा पुन भेट्ने गरी सम्पूर्ण कलाकारहरुलाई बिदा गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले बताएको छ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
‘SEE TOP MODEL ICON 2019  काठमाडौँ र दमौलीमा हुने ।
‘SEE TOP MODEL ICON 2019 काठमाडौँ र दमौलीमा हुने ।
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
जीवन्त नेपाल म्युजिक अवार्ड को दोस्रो संस्करण हुँदै
जीवन्त नेपाल म्युजिक अवार्ड को दोस्रो संस्करण हुँदै
सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने  युवक एक बर्षपछि पक्राउ
सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने युवक एक बर्षपछि पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?