singel post top banner

जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शुक्रबार, जेठ २, २०८२
|
|
१३२८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।

सारांश

  • काठमाडौं।
  •   जातीय विभेद, छुवाछूत र धार्मिक अन्धविश्वासका कारण आज पनि नेपाली समाजमा धेरैले दुःख पिडा भोग्नुपरेको यथार्थ बोकेको ‘पापी मान्छे’ म्युजिकल फिल्म हालै सार्वजनिक गरिएको छ।
  • भरत उदासी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो म्युजिकल फिल्म जातीय विभेद अन्त्य गर्ने उद्देश्यका साथ तयार पारिएको हो।

काठमाडौं।  जातीय विभेद, छुवाछूत र धार्मिक अन्धविश्वासका कारण आज पनि नेपाली समाजमा धेरैले दुःख पिडा भोग्नुपरेको यथार्थ बोकेको ‘पापी मान्छे’ म्युजिकल फिल्म हालै सार्वजनिक गरिएको छ। भरत उदासी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो म्युजिकल फिल्म जातीय विभेद अन्त्य गर्ने उद्देश्यका साथ तयार पारिएको हो।

सार्वजनिक गीतको भिडियो चलचित्र विकास बोर्डमा विशेष समारोहबीच बिमोचन तथा प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि विश्वभक्त दुलाल, विशेष अतिथि मित्र परियार र खगेन्द्र सुनारसहित ५०० भन्दा बढी दर्शकको उपस्थिति थियो।

भरत उदासीको शब्द तथा संगीतमा निर्माण भएको गीतमा चर्चित गायक प्रमोद खरेलको सशक्त स्वर रहेको छ। संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका हुन्। ध्वनि मिश्रण कुमार रानाले, रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। गीतमा सारङ्गी हेमन्त कान्छा रसाइली र बाँसुरी रत्न विकले भरेका छन्। कोरसमा रञ्जिता विश्वकर्मा, निर्मला नेपाली, सुरज बुढाथोकी र विश्वास खपाङ्गी मगरको स्वर समावेश गरिएको छ।

फिल्ममा वरिष्ठ कलाकार सुशील पोखरेल, किशोर भण्डारी, रोहित कार्की, पुष्प खड्का, आयुष्मा कार्की, देब महर्जन, भरत उदासी, सरिता भण्डारी लगायतको उत्कृष्ट अभिनय देख्न सकिन्छ। बालकलाकार राजेन्द्र शाहशंकरको समेत अभिनय समावेश छ।

छायांकन रामकृष्ण कंडेलले गरेका हुन् भने मेकअप मोहन लामा र डि.के. हमालले गरेका हुन्। ड्रोन छायांकन कृष्ण आले मगरले, सह–छायांकन उमेश शाहले र फोकस पुलर नवीन ओलीले गरेका छन्। सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन् भने पृष्ठभूमि संगीत पुष्कर खत्रीले र डबिङ रञ्जन राईले गरेका हुन्।

ओखलढुंगाको लिखु गाउँपालिका, रामेछापको साघुटार, काठमाडौंको गोकर्णेश्वर, बौद्ध, चाबहिल, जमल, भक्तपुरको नीलबाराही मन्दिर लगायत विभिन्न स्थानमा छायांकन गरिएको यो म्युजिकल फिल्मलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन्।

गीत छोटो भए पनि मर्मस्पर्शी कथा बोकेको हुँदा करिब १ घण्टाको म्युजिकल फिल्मको रूपमा तयार पारिएको निर्देशक श्रेष्ठले जानकारी दिए। कथावस्तु कुनै कल्पना नभई जातीय विभेदका कारण भोगिएका यथार्थ घटनामा आधारित रहेको निर्माता भरत उदासीले बताए।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ मा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिरको हातमा ।
राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ मा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिरको हातमा ।
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
विष्णु मुरीको नयाँ वर्षको उपहार “निर्मोही” सार्वजनिक।
विष्णु मुरीको नयाँ वर्षको उपहार “निर्मोही” सार्वजनिक।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?