singel post top banner

हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, चैत्र २१, २०८०
|
|
१५०६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’

सारांश

  • काठमाडौं–विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् ।
  • देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् ।
  • आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ ।

काठमाडौं–विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् ।

आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय गरेका छन् । गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन् ।

‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ,’ गायक आचार्यले भने, ‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिदै गएको छ । पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे । अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ । गन्तव्य त विदेश भइरहेको छ । गीतमार्फत हाम्रो देशेको यही नियति र मर्म उठाउन खोजेको छु ।’

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् । हरिवंशले यसअघि ‘ए केटा मादलु पड्का’ गीत ल्याएका थिए । सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प
धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन
कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन
‘यादमा मुटु चसकिने’मा अधुरो प्रेमको मार्मिक कथा
‘यादमा मुटु चसकिने’मा अधुरो प्रेमको मार्मिक कथा
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
चलचित्र “कुम्भकरण” को अफिसियल फस्टलुक २ पोस्टर सार्वजनिक
चलचित्र “कुम्भकरण” को अफिसियल फस्टलुक २ पोस्टर सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?