singel post top banner

रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, भाद्र ११, २०८३
|
|
७६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सारांश

  • काठमाडौं, रुसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि धर्मगुरु विजयकृष्णमूर्ति महाराजले एक लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।
  • मिति २०८३ साल भदौ १० गते बुधबार बिहान करिब ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।
  • उक्त बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरू प्रभावित बनेका छन्।

काठमाडौं, रुसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि धर्मगुरु विजयकृष्णमूर्ति महाराजले एक लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।

मिति २०८३ साल भदौ १० गते बुधबार बिहान करिब ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। उक्त बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरू प्रभावित बनेका छन्।

विपद्लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य पनि जारी रहेको बताइएको छ।

यस विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्नु आवश्यक रहेकाले सहयोगका लागि सबै पक्षसँग अपिल गरिएको छ।

यसै क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोध अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा बाढीपीडितको सहयोगका लागि धर्मगुरु विजयकृष्णमूर्ति महाराजले १,११,१११ रुपैयाँ सहयोग गर्नुभएको हो।

प्राप्त विवरणअनुसार उक्त रकम “PRIME MINISTERS DISASTER RELIEF FUND” को नाममा क्यूआर भुक्तानीमार्फत जम्मा गरिएको छ।

विपद्को कठिन घडीमा पीडित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि गरिएको यो सहयोगले प्रभावित परिवारहरूलाई सहयोग पुग्ने विश्वास गरिएको छ। बाढीपीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरिरहेको अभियानमा सक्दो सहयोग गर्न सबैमा अनुरोध समेत गरिएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा बाढी पीडितको सहयोगका लागि QR

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
भोटेकोशी बाढीपीडितका लागि परमेश्वरको मण्डलीको खाद्यान्न सहयोग
भोटेकोशी बाढीपीडितका लागि परमेश्वरको मण्डलीको खाद्यान्न सहयोग
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा
छुरा प्रहार गर्ने धरानका तीन जना पक्राउ
छुरा प्रहार गर्ने धरानका तीन जना पक्राउ
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न
चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न
गल्बन्दी बिबाद र जातिय कमेन्ट बिरुद्ध “बिश्वकर्मा कलाकार मञ्च नेपाल” द्धारा प्रेस बिज्ञप्ती जारी
गल्बन्दी बिबाद र जातिय कमेन्ट बिरुद्ध “बिश्वकर्मा कलाकार मञ्च नेपाल” द्धारा प्रेस बिज्ञप्ती जारी
भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई आठ रनले हरायो
भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई आठ रनले हरायो
‘हौसिएको मकैको घोगा’ जस्तै सरकार
‘हौसिएको मकैको घोगा’ जस्तै सरकार
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?