singel post top banner

पोखरामा गीतकार सुमन श्रापितको एकल साझ हुदैँ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, माघ १२, २०७६
|
|
१५४२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
पोखरामा गीतकार सुमन श्रापितको एकल साझ हुदैँ

सारांश

  • काठमाडौँ | सप्तरङ्गी सास्कृतिक प्रतिष्ठान नेपालको शुक्रबार सस्थाका उपाध्यक्ष अभिमन्यू बिक्रम राणाको अध्यक्षतामा बसेको बैठकले प्रसिद्ध गीतकार सुमन श्रापितद्वारा रचना गरिएका कर्णप्रीय गीतहरुको एकल प्रस्तुती “सुमन श्रापित एकल साङ्गीतिक साझ” फाल्गुनको ३० गते पोखरामा गर्ने निर्णय गरिएको छ ।
  • सस्थाका महासचिव मनकुमार श्रेष्ठले सन्चालन गर्नु भएको बैठकमा सस्थाका सस्थापक अध्यक्ष एवम प्रसिद्ध सङ्गीतकार एवम गीतकार नवराज बरालले एकल साझको प्रस्ताब पेश गर्नु भएको थियो ।
  • बैठकमा सस्थाका सल्लाहकार बरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोला र गीतकार दुर्गा बहादुर शाह “बाबा”ले सस्थाको गरिमालाई अझै उचो बनाउनको लागि यो कार्यक्रम सफल बनाउनु पर्ने कुरामा जोड दिदै त्यस्का लागि सबैले आ आफ्नो ठाउबाट लाग्नु पर्ने बताउनु भएको थियो ।

काठमाडौँ | सप्तरङ्गी सास्कृतिक प्रतिष्ठान नेपालको शुक्रबार सस्थाका उपाध्यक्ष अभिमन्यू बिक्रम राणाको अध्यक्षतामा बसेको बैठकले प्रसिद्ध गीतकार सुमन श्रापितद्वारा रचना गरिएका कर्णप्रीय गीतहरुको एकल प्रस्तुती “सुमन श्रापित एकल साङ्गीतिक साझ” फाल्गुनको ३० गते पोखरामा गर्ने निर्णय गरिएको छ ।

सस्थाका महासचिव मनकुमार श्रेष्ठले सन्चालन गर्नु भएको बैठकमा सस्थाका सस्थापक अध्यक्ष एवम प्रसिद्ध सङ्गीतकार एवम गीतकार नवराज बरालले एकल साझको प्रस्ताब पेश गर्नु भएको थियो । बैठकमा सस्थाका सल्लाहकार बरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोला र गीतकार दुर्गा बहादुर शाह “बाबा”ले सस्थाको गरिमालाई अझै उचो बनाउनको लागि यो कार्यक्रम सफल बनाउनु पर्ने कुरामा जोड दिदै त्यस्का लागि सबैले आ आफ्नो ठाउबाट लाग्नु पर्ने बताउनु भएको थियो ।

बैठकमा सर्जक सुमन श्रापितको पनि उपस्थिती रहेको थियो । श्रापितले पोखरामा धेरै सघ सस्थामा लागेर जीवनको उर्वर समय बिताए तर सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानमा मेरो त्यस्तो उल्लेखनीय योगदान छैन र पनि मलाई माया गरेर मेरा विभिन्न कार्यक्रम गरेर ठुलो गुन लगाएको बताए । अब गरिने कार्यक्रम मेरो चौथो कार्यक्रम हुने छ । एकल साझ गर्ने जो कोही सर्जकको सपना हुन्छ त्यो सपना मेरो पनि थियो जुन पूरा गर्न सस्था मन्जुर भएकोमा धन्यबाद ज्ञापन गर्द्छु भन्दै आभार ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रम कलाकार उपचार कोषको सयोगार्थ हुने सस्थाका सचिव जुना क्षेत्रीले जानकारी दिनु भयो । यश सस्था सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानले हरिदेवी कोइराला, दुर्गा शाह बाबा, पद्मराज ढकाल र खिम गुरुङको एकल प्रस्तुतिका कार्यक्रम भब्री रुपमा सम्पन्न गरि सकेको छ । गीतकार श्रापित बिगत दुई दशकदेखि पोखरामा रहेर नेपाली गीत सङ्गीतमा क्रियाशील छन । मोफसलमा बसेर यति धेरै क्रियाशील रहने सायद पहिलो गीतकार हुन । उनका झन्डै दुई सय गीतहरु रेकर्ड भएका छन । उदित नारायण झा, दिपा झा, प्रशान्त तामाङ, रामकृष्ण ढकाल, अन्जु पन्त, हेमन्त शर्मा, बि.बि. अनुरागी, स्वरुप राज आचार्य, देबिका बन्दना, मान्डवी त्रिपाठी, सुनिता दुलाल, राजु परियार, मेलिना राई, अन्जना गुरुङ, मिलन अमात्य लगायत नेपालका थुप्रै चर्चित गायक गायिकाले उनको रचनाका गीत गायका छन ।

कार्यक्रममा उनिद्वारा रचना गरिएका सिरिमा सिरी(फिल्म परदेशी),जसलाई मुटुको अश, मेरो धड्कन तिमी, टिलपिल टिलपिल तारा, कहिले सादा कहिले रङ्गिनकहिले ओराली झर्छ जिन्दगी (फिल्म जीवनलिला), तिम्रो मधुर मुस्कानले, अच्छा लेकिन क्या बात (फिल्म निशानी), पूर्वैबाट पश्चिममै आयौ (फिल्म निशानी) अब कसैले गल्ल्ती नगरौ, दिलराजा दिलरानी, तिमिलाई त जहाजमा, काली काली दिलवाली (फिल्म दृष्टिकोण), बादल फाटेको बेला, आमाबाट सिके मैले जस्ता प्रतिनिधि गीतहरुको प्रस्तुती रहने गीतकार श्रापितले बताए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
“चौथो मनास्लु राष्ट्रिय अवार्ड तथा बृहत साँस्कृतिक कार्यक्रम” सम्पन्न
“चौथो मनास्लु राष्ट्रिय अवार्ड तथा बृहत साँस्कृतिक कार्यक्रम” सम्पन्न
चर्चित गायक बिश्वराम कार्कीको नयाँ गित “कट्टा हान्दिन्छु” सार्वजनिक (अडियो गित सहित)
चर्चित गायक बिश्वराम कार्कीको नयाँ गित “कट्टा हान्दिन्छु” सार्वजनिक (अडियो गित सहित)
धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प
धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
छुरा प्रहार गर्ने धरानका तीन जना पक्राउ
छुरा प्रहार गर्ने धरानका तीन जना पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?