singel post top banner

विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको खाना वितरण खबरदारी

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शुक्रबार, भाद्र २६, २०७७
|
|
१५९६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको खाना वितरण खबरदारी

सारांश

  • काठमाडौं।
  • लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्न वाध्य विपन्न मजदुरहरु भोकमरीले छटपटिन थाले पछि साझा पार्टीले खाना वितरण अभियान जारी गरेको छ ।
  • भक्तपुरबाट जारी अभियान अहिले उपत्यकाको ललितपूर, काठमाडौं र भक्तपुरको प्रमुख आवश्यकिय क्षेत्रमा जारी छ ।
काठमाडौं। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्न वाध्य विपन्न मजदुरहरु भोकमरीले छटपटिन थाले पछि साझा पार्टीले खाना वितरण अभियान जारी गरेको छ । भक्तपुरबाट जारी अभियान अहिले उपत्यकाको ललितपूर, काठमाडौं र भक्तपुरको प्रमुख आवश्यकिय क्षेत्रमा जारी छ ।
‘बिहान खाए बेलुका के खाँउ’ भन्ने विडम्बनावाट गुज्रिरहेका लाखौंको संख्यामा रहेका विपन्न हरु सर्वहाराको जगबाट उदाएको भनिने सरकारले कुनै राहतको कार्यक्रम संचालन नगरे पछि रचनात्मक खबरदारी स्वरुप यस्ता अभियान संचालन गरिएको साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए। ‘अति विपन्न लक्षित राहत कार्यक्रम घोषणाका लागि सरकारलाई रचनात्मक खवरदारी गर्न साझा पार्टीले जारी गरेको खाना वितरण अभियानले थोरै समयमा यति धेरै प्रतिकृया, प्रशंसा र सहयोगी हातहरुको साथ पाउनु पनि विपतमा अभिभावक हुनु पर्ने सरकारको तमासेपारा र निकम्मापनकै कारण हो , केन्द्रीय सदस्य परियारको विश्लेषण छ।
साझा पार्टी खाना वितरण अभियानका अभियन्ता कपीलदेव कर्माचार्य भन्छन ‘भोका निमुखालाई सेवा गर्न पाँउदा आनन्द त आँउछ, तर सरकारको वेवास्ता देख्दा बिद्रोही वनाउँछ। हाम्रो पहल सकारात्मक दवाब र मानवीयतानै मुख्य हो । यसैवीच साझा पार्टीले ललितपुरमा विवेकशील नेपाली दलसंग मिलेर संचालन गरेको तातो भात अभियान प्रभावकारी बन्दै गएको साझा पार्टीका ललितपुर संयोजक उज्जवलकृष्ण श्रेष्ठले वताएका छन।
खाना वितरण अभियान अन्तर्गत भक्तपुरको च्यामासिंह , कमलबिनायक, सुर्य विनायक, गठ्ठाघर, पुरानो ठिमि र कौशलटारमा विहानो १० बजे र साँझको ५ बजे संचालन भईरहेको साझा अभियन्ता रोशन वस्नेतले जानकारी दिएका छन। वुधवार वानेश्वर र स्वयम्भूबाट शुरु काठ्माडौंको अभियान बिहीवारवाट चाबहील, सिनामंगल र भत्केकोपुलमा पनि विस्तार गरिएको साझा अभियन्ता चोकराज घिमिरेले जानकारी दिए । उपत्यकामा मात्रै निर्माण कार्यमा आवद्ध अढाई लाख मजदुर, अनौपचारिक क्षेत्रमा श्रम गर्ने २९ हजार कामदार, रिक्सा मजदुर,भरिया जस्ता दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्नु पर्ने हजारौको संख्याका मजदुरहरु अहिले एक छाक टार्न धौधौको अवस्थावाट तड्पिरहेकाछन।
प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने
स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको पशुपति आर्यघाटमा अन्त्येष्टि
सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको पशुपति आर्यघाटमा अन्त्येष्टि
निशानदेवी मिडिया प्रा.ली. द्वारा पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क, फेस शिल्ड र ग्लभ्स प्रदान
निशानदेवी मिडिया प्रा.ली. द्वारा पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क, फेस शिल्ड र ग्लभ्स प्रदान
लक डाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय
लक डाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?