singel post top banner

आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, चैत्र २१, २०८०
|
|
१५३१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट

सारांश

  • एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टिम आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा ६ विकेट गुमाएको छ ।
  • नेपालले छैटौँ विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमायो ।
  • उनी ९.

एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टिम आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा ६ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमायो । उनी ९.३ ओभरमा ९ रनमै आउट भए ।

नेपालले पाँचौं विकेटको रूपमा अर्जुन साउदलाई गुमायो । उनी ७.४ ओभरमा ४ रनमा क्याच आउट भए । नेपालले चौथो विकेटको रूपमा आरिफ शेखलाई गुमायो ।

उनी सातौं ओभरको अन्तिम बलमा शून्यमै आउट भए । यही ओभरको पहिलो बलमा भीम सार्की शून्यमै पवेलियन फर्किए । त्यस्तै, पाँचौं ओभरको पहिलो बलमा देव खनाल र अन्तिम बलमा अर्जुन कुमाल आउट भए । देव २६ र अर्जुन ९ रनमा आउट भएका हुन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्ड २८.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो । आयरल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपाली तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । उनले ६.३ ओभरमा एक मेडनसहित २१ रन दिएर चार विकेट लिएका हुन् ।

कमलले ३८ औँ ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे । ह्याट्रिक लिनेक्रममा उनले लियाम म्याकार्थीलाई दुई, म्याथ्यू हम्फ्रेज र बेन ह्वाइटलाई शून्यमै आउट गरे । कमलले उनीहरूमध्ये हम्फ्रेज र ह्वाइटलाई बोल्ड गरे ।

आयरल्याण्डका लागि केड कार्माइकलले ७७ बलमा चार चौकाको मद्दतमा ५१ रनको इनिङ खेले । यस्तै, नेपाललाई छैटौँ सफलता रन आउटको रूपमा मिल्यो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
पोखरामा प्लास्टीक चामल आतंक
पोखरामा प्लास्टीक चामल आतंक
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
त्रिशूलीमा बेपत्ता युवकको शव फेला
त्रिशूलीमा बेपत्ता युवकको शव फेला
त्रिविबाट शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु भयाे : शिक्षामन्त्री श्रेष्ठ
त्रिविबाट शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु भयाे : शिक्षामन्त्री श्रेष्ठ
सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा
सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?