singel post top banner

मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, आश्विन ५, २०७६
|
|
१५४६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने

सारांश

  • सुर्खेत , ५ असोज ।
  • सुर्खेतमा मिस सुर्खेतको तेस्रो सिरिज हुने भएको छ ।
  • मुन मिडियाको आयोजनामा यस अघि सम्पन्न भएका दुई सिजन लाई निरन्तरता दिदै यस पटक पनि मिस सुर्खेत आयोजना गरिएको आयोजकले जनाएको छ ।

सुर्खेत , ५ असोज । सुर्खेतमा मिस सुर्खेतको तेस्रो सिरिज हुने भएको छ । मुन मिडियाको आयोजनामा यस अघि सम्पन्न भएका दुई सिजन लाई निरन्तरता दिदै यस पटक पनि मिस सुर्खेत आयोजना गरिएको आयोजकले जनाएको छ ।

यस पटक भने मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उम्मेर पुगेको हुनुपर्ने , कर्णाली प्रदेशको स्थानिय हुनु पर्ने , एसईई उत्र्तिण भएको हुनु पर्ने लगाएतका प्रावधान रहेको आयोजकका सदस्य एवं कलाकार कमल विष्टले जानकारी दिए ।

सुर्खेतको विरेन्द्रनगरमा आईतबार पत्रकार सम्मेलन गरि सहभागिताका लागि असोज ६ गतेदेखि आवेदन खुल्ला गरिने आयोजकले जानकारी दिएको छ । आवेदन संकलन पछि प्रतियोगिको छनोट गरिनेछ । अडिसनबाट छनोट भएकाले २० दिनको तालिमपश्चात उपाधीका लागि अन्तिम प्रतिस्पर्धा गर्ने आयोजक समितिका सदस्य बुद्धिसिंह ठकुरीले जानकारी दिए ।

मिस्टर र मिस सुर्खेत प्रतियोगिताको विजेताले ५० हजार नगदसहित क्राउन र विभिन्न उपहार प्राप्त गर्ने आयोजक संस्था मुन मिडियाका अध्यक्ष विजय केसीले बताए । उनका अनुसार प्रथम, द्धितिय र तृतिय बाहेक थप ७ प्रतिस्पर्धी अन्य विभिन्न विधाका उपाधिले सम्मानीत तथा पुरस्कृत हुनेछन ।

आयोजकका अनुसार फाईनल प्रतियोगितामा सहभागि हुनुअघि प्रतियोगिलाई कन्फिडेन्ट डेभलप, मोडलिङ्ग, कोरियोग्राफि, पब्लिक स्पीकिङ, फोटो तथा भिडियो सुट, मेकअप क्लास, आरजे÷भिजे ट्रेनिङ्ग लगायतका इभेन्टहरुमा सहभागि गराइनेछ ।

प्रतियोगिताले बाहिरी तथा भित्रि सुन्दरतालाई बाहिर निकाल्न, आत्मविश्वास बढाउन र क्षमता विकास गर्न आफूहरूलाई सहयोग पुगेको प्रतियोगीताका पुर्व विजेताहरुको अनुभव छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट
कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट
श्री महेन्द्र मा.वि.को बि.ब्य.स. अध्यक्षमा सुनार
श्री महेन्द्र मा.वि.को बि.ब्य.स. अध्यक्षमा सुनार
नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद र यसको सन्देश
नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद र यसको सन्देश
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?