singel post top banner

गायक राजु परियारको हातबाट नयाँ बसपार्कमा “न्यु देउराली रोधीघर” को शुभारम्भ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
२२०६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
गायक राजु परियारको हातबाट नयाँ बसपार्कमा “न्यु देउराली रोधीघर” को शुभारम्भ

सारांश

  • नेपाली लोकगीतको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्य राखेर रोधीघर सञ्चालनमा आएको छ ।
  • गोंगबु स्थित नयाँ बसपार्कमा “न्यु देउराली रोधीघर” को गायक राजु परियारले एक कार्यक्रमका बीच शुभारम्भ गरे ।
  • रोधीघरका सञ्चालक हरि गुरुङ र नवराज तामाङले पारिवारिक वातावरण तथा सुविधासम्पन्न रोधीघरको स्थापना गरिएको जानकारी दिए ।

नेपाली लोकगीतको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्य राखेर रोधीघर सञ्चालनमा आएको छ । गोंगबु स्थित नयाँ बसपार्कमा “न्यु देउराली रोधीघर” को गायक राजु परियारले एक कार्यक्रमका बीच शुभारम्भ गरे । रोधीघरका सञ्चालक हरि गुरुङ र नवराज तामाङले पारिवारिक वातावरण तथा सुविधासम्पन्न रोधीघरको स्थापना गरिएको जानकारी दिए ।

आफू केही वर्ष वैदेशिक रोजगारीमा काम गरेपछि स्वदेशमै केही गर्ने लक्ष्य राखेर रोधीघर सुरु गरेको उनीहरुले बताए । रोधीघरका सञ्चालक गुरुङले स्वदेशमै आफ्नै व्यवसाय गर्ने लक्ष्यका रोधीघर सञ्चालन गरेको र अरुभन्दा पृथक र मौलिक ढंगले रोधीघर सञ्चालन गर्ने जिकिर गरे । त्यस्तै, अर्का सञ्चालक तामाङले नेपालको मौलिक संस्कृतिलाई जर्गेना गर्नेगरी रोधीघर सुरु गरिएको बताए ।

गायक परियारले रोधीघर नयाँ आउने कलाकारका लागि पाठशाला भएकाले मौलिक लोक संस्कृतिको ख्याल गर्न आग्रह गरे । उनले भने, ‘रोधीघरले नयाँ पुस्ताका प्रतिभालाई निखार्न र उनीहरुको क्षमता विकासमा महत्वपूर्ण सहयोग गर्ने हुँदा मौलिकतालाई समेत विशेष ख्याल गर्नुपर्दछ ।’ उनले आफूलाई मलाई धेरैले वरिष्ठ गायक भनेको सुनाउँदै भने, तर, अहिले नै म वरिष्ठ भइसकेको छैन, मभन्दा अग्रज कलाकार दाजुदिदीहरु हुनुहुन्छ ।’

उनले वरिष्ठ गायक नारायण रायमाझी, प्रजापति पराजुली, गायिका बिमाकुमारी दुरा लगायतको नाम लिँदै आफूभन्दा उनीहरु वरिष्ठ भएको बताए । उनले थपे, ‘मैले पनि सुरुमा दोहोरी साँझबाटै गीत गाउन सिकेको हुँ, कलाकारको जन्म भनेकै दोहोरी साँझबाट हुने भएकाले दोहोरीलाई विद्यालय सम्झेर पछि आउने कलाकार भाइबहिनीले दोहोरीलाई फोहोरी नबनाइ यसको संरक्षण र विकासमा लाग्नुपर्छ ।’ उक्त कार्यक्रममा गायक परियारले आफ्ना विभिन्न नयाँ पुराना गीत गाएका थिए । उनलाई रोधीघरका सञ्चालकले सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँच मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँच मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
काठमाडौँमा हालसम्मकै ठुलो ऐतिहासिक ट्याक्सि र्‍याली
काठमाडौँमा हालसम्मकै ठुलो ऐतिहासिक ट्याक्सि र्‍याली
अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
रुबिशा र एलिशाले गिनिज बुकमा नाम लेखाउन लगातार ४० घन्टा नृत्यको सुरुवात गरे ।
रुबिशा र एलिशाले गिनिज बुकमा नाम लेखाउन लगातार ४० घन्टा नृत्यको सुरुवात गरे ।
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,२७८ औं रक्तदान अभियान सम्पन्न।
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,२७८ औं रक्तदान अभियान सम्पन्न।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा चौथो लोक दोहोरी साझ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा चौथो लोक दोहोरी साझ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?