singel post top banner

पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१६७७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?

सारांश

  • काठमाडौँ ।
  • गर्मीका दिनहरू सुरु भएको छ ।
  • अरूको मात्रै होइन आफ्नै शरीरबाट आउने पसिनाको दुर्गन्धले पनि दिक्क हुने दिनहरू सुरु भए ।

काठमाडौँ । गर्मीका दिनहरू सुरु भएको छ । अरूको मात्रै होइन आफ्नै शरीरबाट आउने पसिनाको दुर्गन्धले पनि दिक्क हुने दिनहरू सुरु भए । पसिनाका कारण शरीरबाट आउने दुर्गन्ध लुकाउन अनेकौँ खालका बडी स्प्रे र परफ्युमको प्रयोग गर्नु पर्ने हुन्छ । गर्मी मौसममा हाम्रो ज्यानमा धेरै पसिना आउँछ । कसै–कसैको ज्यानबाट त असह्य दुर्गन्ध आउँछ । तर हाम्रो पसिनामा कुनै प्रकारको दुर्गन्ध वा सुगन्ध हुँदैन । हो तपाईँले सही सुन्न भयो । हाम्रो पसिनामा कुनै किसिमको दुर्गन्ध आउँदैन । तर पनि पसिनाका कारण हाम्रो जिउ गन्हाउँछ । पसिनाको कुनै गन्ध नहुने भए दुर्गन्ध किन आउँछ त ?

हार्वर्ड हेल्थ रिपोर्टका अनुसार हाम्रो शरीरमा एक्राइन र एपोक्राइन नामक दुईवटा ग्रन्थिका कारण पसिना आउँछ । जब हाम्रो शरीर तातो हुन्छ, यी ग्रन्थिहरूले छालामा तरल पदार्थ निकाल्छन् । यसलाई नै पसिना भनिन्छ । शरीरको तापक्रम कायम राख्न पसिना निस्कनु अति जरुरी पनि छ । यी ग्रन्थि हाम्रो शरीरभरि नै हुन्छ । त्यसैले शरीरको हरेक अङ्गबाट पसिना आउन थाल्छ । पसिनामा गन्ध आउँदैन । तर शरीरमा रहेका ब्याक्टेरिया एपोक्राइन ग्रन्थिबाट निस्कने पसिनासँग सम्पर्कमा आउँछन्, तब पसिनाबाट गन्ध आउन थाल्छ । अर्थात् शरीरमा रहेका ब्याक्टेरिया पसिनामा दुर्गन्ध आउनुको कारण हुन् ।

कसैको पसिनाको दुर्गन्ध निकै धेरै हुन्छ भने कसैको कम । यस्तो किन हुन्छ त ? सामान्यभन्दा बढी पसिना आउनु भनेको हाइपरहाइड्रोसिसको सङ्केत हुन सक्छ । यस्तो स्थिति बिना कारण उत्पन्न हुन सक्छ । तर उपचार गर्न सकिन्छ । यो अवस्थाका कारण धेरैलाई अत्यधिक पसिना आउँछ र उनीहरूको पसिनाबाट दुर्गन्ध आउने हुन सक्छ । कुनै प्रकारको सङ्क्रमण, हाइपर थाइराइडिज्म, तनाव, केही औषधि र मदिरा सेवनका कारण पनि सामान्यभन्दा बढी पसिना आइरहेको हुन सक्छ ।

केही खानेकुरा र पेय पदार्थहरूले हाम्रो शरीरको गन्धलाई पनि प्रभावित बनाउँछन् । ब्रोकाउली, बन्दागोभी र फूलगोभी जस्ता क्रुसिफेरस तरकारीहरूले ग्यास उत्पादन गर्दछ । यसको सेवनबाट पनि शरीरमा दुर्गन्ध आउन सक्छ । खाएको लसुन र प्याज टुक्रिएपछि सल्फर जस्ता यौगिकहरू निस्कन्छन् । यी यौगिकहरु छालामा भएका छिद्रबाट बाहिर निस्कन्छन् । जसका कारण तपाईँको पसिनाबाट दुर्गन्ध आएको हुन सक्छ । यसको अलावा माछा र अन्य समुद्री खानाको सेवनले पनि शरीरबाट दुर्गन्ध आउन सक्छ ।

पसिनाको दुर्गन्धबाट कसरी पाउने छुटकारा ?

यस्तो समस्याबाट बच्न दैनिक रूपमा साबुन पानीले नुहाउनुपर्छ । नुहाउँदा सुगन्धित साबुन प्रयोग गर्न सकिन्छ । काखी र अन्य हिस्सामा भएका रौंहरु खौरिउर पनि पसिनाको दुर्गन्ध कम गर्न सकिन्छ । केही डिओडोरेन्टले केही घण्टाको लागि शरीरको गन्धलाई रोक्न मद्दत गर्छन् । जिम वा अत्यधिक पसिना आउने खालका अन्य शारीरिक गतिविधि वा परिश्रमपछि नुहाएर पनि पसिनाको दुर्गन्धबाट धेरै हदसम्म राहत पाउन सकिन्छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक
टिकटकमा भाईरल भएकी स्याङ्जाकी सुनिता जो बोल्न र सुन्न सक्दिनन्
टिकटकमा भाईरल भएकी स्याङ्जाकी सुनिता जो बोल्न र सुन्न सक्दिनन्
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा सरिता लामेछानेको उम्मेदवारीको घोषणा ।
नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा सरिता लामेछानेको उम्मेदवारीको घोषणा ।
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
बाढी पहिरो बिपद् पिडितहरुको साथी  पाल्देन लामा
बाढी पहिरो बिपद् पिडितहरुको साथी पाल्देन लामा
निकै मार्मिक लोकगीत “सात गाउँ” सार्वजनिक, सबिनराज सेन्चुरी र राज बराइलीको भावुक प्रस्तुति
निकै मार्मिक लोकगीत “सात गाउँ” सार्वजनिक, सबिनराज सेन्चुरी र राज बराइलीको भावुक प्रस्तुति
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन
सुनिता बुढाथोकी र पूर्णराज बेलबासेको स्वर रहेको ‘सुनको ब्रास्लेट’ गीत सार्वजनिक
सुनिता बुढाथोकी र पूर्णराज बेलबासेको स्वर रहेको ‘सुनको ब्रास्लेट’ गीत सार्वजनिक
एकै घरका दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउदै ।
एकै घरका दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउदै ।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?