singel post top banner

महानायक बिबादबारे बोलिन् नायिका तथा मोडल आशा भुसाल, दिपा श्री निरौलालाई दिईन् यस्तो दनक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, आषाढ ३०, २०७७
|
|
१७५६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
महानायक बिबादबारे बोलिन् नायिका तथा मोडल आशा भुसाल,  दिपा श्री निरौलालाई दिईन् यस्तो दनक

सारांश

  • केही साता अघि दिपा श्री निरौलाले महानायक राजेश हमालको बिषयलाई लिएर बोलेको कुरा सामाजिक सञ्जालमा भाईरल भएको थियो र अझै पनि सोही बिषयमा कुरा, जिज्ञासाहरु आईरहेका छन् ।
  • चलचित्र क्षेत्र र अन्य क्षेत्रका कलाकारहरुले राजेश हमाललाई महानायक हुन् भनेर समर्थन गर्दै दिपा श्री निरौलालाई गाली गरिरहेका छन् ।
  • केहि दिन अघि दिपकराज गिरी र दिपा श्री निरौलाले सामाजिक सञ्जाल मार्फत माफी मागेको अवस्था पनि छ ।

केही साता अघि दिपा श्री निरौलाले महानायक राजेश हमालको बिषयलाई लिएर बोलेको कुरा सामाजिक सञ्जालमा भाईरल भएको थियो र अझै पनि सोही बिषयमा कुरा, जिज्ञासाहरु आईरहेका छन् । चलचित्र क्षेत्र र अन्य क्षेत्रका कलाकारहरुले राजेश हमाललाई महानायक हुन् भनेर समर्थन गर्दै दिपा श्री निरौलालाई गाली गरिरहेका छन् ।

केहि दिन अघि दिपकराज गिरी र दिपा श्री निरौलाले सामाजिक सञ्जाल मार्फत माफी मागेको अवस्था पनि छ । माफी मागेतापनी दिपा श्री निरौलालाई गालीको बर्षा आईरहेको छ । सायद नेपाली चलचित्र जगतमा धेरै पढेको नायक मध्य राजेश हमाल र केही नायक नायिकाहरु मात्र होलान् ।

कतिपयले दिपा श्री निरौलालाई समर्थन गरेका छन् भने धेरै भन्दा धेरैले राजेश हमाललाई समर्थन गरेको पाईन्छ । कुनै बेला राजेश हमालको टाउको पोस्टरमा राखेर दर्शक तान्ने समय पनि थियो । राजेश हमालको टाउको फिल्मको पोस्टरमा राख्नका लागी भएतापनि थोरै सिनमा मात्र भएनी खेलाउने चलन थियो । अहिलेपनि राजेश हमालको क्रेज उस्तै छ ।

राजेश हमाललाई बच्चा देखी बृद्ध सम्म सबैले चिन्छन् र मन पनि पराउछन् । त्यसैलेपनि उनले महानायकको उपाधी पाएका हुन् । यसै बिषयमा आधारित रहेर नायिका तथा मोडल आशा भुसालले राजेश हमाल र दिपा श्री निरौलाको बिषयलाई लिएर आफ्नो सामाजिक सञ्जालमा केही कुरा लेख्ने प्रयत्न गरेकी छिन् ।

उनले लेखेकी छिन् “केही समय यता नेपाली चलचित्र क्षेत्रमा महानायकको बिषयलाइ जोडेर देखिएको बिबाद मलाइ लाग्छ तिललाई पहाड बनाउन खोजियको जस्तो मात्र हो । म एक कलाकार भएको कारणले सबै कलाकारलाई उत्तिकै सम्मान गर्छु र महानायकको सवाल मा महनायक राजेश दाइ नै हो ।

यसमा कुनै दुई मत नै छैन तर मान्छेको गल्ती मात्र निकालेर बस्नु पनि त्यति उचित लाग्दैन मलाइ । बोल्ने क्रममा कतै मिस्टेक भयो होला, उहाँले मैले भन्न खोजेको अर्थ गलत थिएन भनेर माफी पनि माग्नु भयो तर यसैलाइ जोडेर तिललाई पहाड बनाएर ब्यक्तिगत जिबनमा नै आँच आउने खालको क्रियाकलाप कसैले नगरम मेरो अनुरोध छ । फेरि यस्को अर्थ मैले कसैलाइ समर्थन गर्न खोजेको पनि हैन ।

म सबै कलाकार साथीहरुलाई यति सम्म अनुरोध गर्न चाहन्छु कि हामी एक जिम्मेवार ब्यक्तिले दिएको अभिब्यक्ति निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले हामिले बोल्दा मिडियामा या सामाजिक सञ्जालमा होस् निकै सोचेर बोल्नु पर्छ। अब एक पछि अर्को, अर्को पछि अर्को बिबादमा आउने काम हामी कलाकारले बन्द गरम । एक ब्यक्तिको अभिब्यक्तिको कारणले सिङ्गो चलचित्र क्षेत्रकै बदनाम नहोस् ।

म यो आग्रह गर्न पनि चाहान्छु । म अहिले यो ठाँउमा पुगें भन्दैमा हिजोको पृष्ठभुमिलाई बिर्सनु हुदैन। आफनो बिगतलाई पनि बिर्सन हुन्न । अहम्ता घमण्ड देखाउनु हुन्न । घमण्डले आफैलाई नास गर्छ ।”

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
चलचित्र “अधुरो प्रेम कहानी” को प्रेस शो सम्पन्न
चलचित्र “अधुरो प्रेम कहानी” को प्रेस शो सम्पन्न
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
कोहलपुर नगरपालिकाद्वारा ASEZ WAO लाई प्रशंसापत्र, १ हजार बिरुवा रोपियो
कोहलपुर नगरपालिकाद्वारा ASEZ WAO लाई प्रशंसापत्र, १ हजार बिरुवा रोपियो
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ
आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?