singel post top banner

आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१५२४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ

सारांश

  • काठमाडौँ ।
  • युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको बजेट अपर्याप्त रहेको भन्दै आगामी वर्ष बजेटमा वृद्धि हुने आशा व्यक्त गरेका छन् ।
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सवको अवसरमा बुधवार मन्त्री श्रेष्ठले खेल क्षेत्रका विकासका लागि अनेकन स्थानबाट बजेट माग हुँदै आएपनि सो अनुरूप निकासा या परिपूर्ति गर्ने अवस्था नरहेको बताए ।

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको बजेट अपर्याप्त रहेको भन्दै आगामी वर्ष बजेटमा वृद्धि हुने आशा व्यक्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सवको अवसरमा बुधवार मन्त्री श्रेष्ठले खेल क्षेत्रका विकासका लागि अनेकन स्थानबाट बजेट माग हुँदै आएपनि सो अनुरूप निकासा या परिपूर्ति गर्ने अवस्था नरहेको बताए । तथापि, आगामी वर्षको बजेटमा भने वृद्धि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट विश्वास प्रदान भएको मन्त्री श्रेष्ठले जानकारी दिए । साथै अब खेलाडीहरूले पाउनुपर्ने पुरस्कार पनि छिट्टै निकासा गर्न प्रधानमन्त्रीबाट निर्देशन भइसकेको उल्लेख गर्दै त्यसप्रति आभार व्यक्त गरे । उनले खेल क्षेत्र राष्ट्रिय एकता र पहिचानको माध्यम रहेको धारणा राखे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राखेपको ६० औँ वार्षिकोत्सव नेपाली खेलकुदको संस्थागत विकास र आगामी मार्गनिर्देशनको आधार बन्ने विश्वास व्यक्त गरे । आगामी २० औँ एसियाली खेलकुदमा स्वर्ण पदकसहित दोहोरो अंकको पदक जित्ने लक्ष्यसहित तयारी भइरहेको उनले बताए । खेलकुद पुरस्कार सम्बन्धित कानुन व्यवस्थाको सुनिश्चिता भइसकेको र त्यसको कार्यान्वयन पनि छिट्टै हुने राखेप सदस्यसचिव घिसिङले विश्वास व्यक्त गरे । नेपाली क्रिकेट टोलीलाई ट्वान्टी–२० विश्वकपको तयारीका लागि सरकारले पाँच करोड रुपैयाँ उपलब्ध गराएको प्रति घिसिङले धन्यवाद व्यक्त गरे ।

सो वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ बुधबार सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । पाँच खेलाडी (१ पारासहित), समान १÷१ प्रायोजक, स्थानीय तह र राष्ट्रिय खेल संघ, दुई खेल पत्रकार तथा ८ कर्मचारी (२ करारसहित) सम्मान भएका हुन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बाढी पहिरो बिपद् पिडितहरुको साथी  पाल्देन लामा
बाढी पहिरो बिपद् पिडितहरुको साथी पाल्देन लामा
कर्णाली प्रदेशको स्थानीय सेवा ऐन विभेदकारी भन्दै स्थानीय कर्मचारीद्वारा तत्काल संसोधन गर्न दवाव
कर्णाली प्रदेशको स्थानीय सेवा ऐन विभेदकारी भन्दै स्थानीय कर्मचारीद्वारा तत्काल संसोधन गर्न दवाव
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
पोखरामा गीतकार सुमन श्रापितको एकल साझ हुदैँ
पोखरामा गीतकार सुमन श्रापितको एकल साझ हुदैँ
उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई आठ रनले हरायो
भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई आठ रनले हरायो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?