होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

कोरोना महामारी तथा त्यसको रोकथामका लागि भएको लकडाउनका कारण व्यापार शून्य भएपछि होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव गरेका छन् । काठमाडौंका ठूला तथा पाँचतारे होटलहरूले तत्काल सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै यस्तो निर्णय गरेका हुन् ।

होटल संघ नेपालले बन्द भएको अवधिमा श्रमिकलाई पूरै तलब दिन नसकिने पनि प्रष्ट पारेको छ । अबको एक वर्षसम्म पनि पर्यटन आवागमन सामान्य हुने अवस्था नभएको कुल व्यापारको ४० प्रतिशत लागत हुने मानव संसाधान व्यवस्थापन कठिन भएको भन्दै उनीहरुले बन्द गर्ने निर्णय गरेका हुन् । संघले बन्द भएको अवधिमा कर्मचारी तथा मजदुरलाई तोकिएको तलबको १२.५ प्रतिशतमात्र दिन सकिने र बाँकी जब रिटेन्सन फन्ड बनाएर त्यसैबाट दिनुपर्ने संघले दाबी गरेको छ ।

सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौ रुपैयाँबाट त्यस्तो रिटेन्सन फन्ड बनाउनुपर्ने संघले सरकारसँग माग गरिरहेको बताएको छ ।तलब एक प्रतिशतका दरले हुन आउने रकम लामो समयदेखि जम्मा गर्दै आएको र अहिले संकटको समयमा त्यहीबाट मजदुरलाई तलब दिनुपर्ने सञ्चालकहरूले माग गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष बिनायक शाहले कर्मचारी तथा मजदुरलाई महिनैपिच्छे सेवा शुल्क दिने र तलब भने १२.५ प्रतिशतमात्र दिन सकिने अवस्था रहेको तर बन्द गर्ने भने प्रस्ताव गरिएको जानकारी दिए ।

‘हामीले अहिलेको अवस्थाका बारेमा सरकारलाई अवगत गराउँदै आएका छौं । यस्तो अवस्था छ, हामीले दिन मिल्नेसम्म दिएकै छौं । शतप्रतिशत तलब त दिनसक्ने अवस्था नै छैन । हाम्रो सञ्चालनको ४० प्रतिशत त तलब भत्तामै जान्छ। यस्तोमा पहिला हामी सरकारसँग प्रस्ताव गर्छौं। छलफल गर्छौं। त्यसपछि थप निर्णय हुन्छ,’ शाहले भने ।