singel post top banner

उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, भाद्र ७, २०७६
|
|
१५३२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

सारांश

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति नयाँ बसपार्क र लोकदोहोरी व्यवसायी संघ नेपालको संयुक्त आयोजनामा शनिबार सरसफाई कार्यक्रम गरिएको छ ।
  •  भरखरै सम्पन्न प्रतिष्ठान उपत्यका समन्वय नयाँ बसपार्क समितिको दोस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष अञ्चल शाहीको संयोजनमा आयोजित कार्यक्रममा काठमाडौँको मित्रनगर- २६ म्हीपीको पुलदेखि गोंगबु चोकसम्मको सडक शनिबार बिहान सरसफाई गरेको हो ।
  • कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटा, वरिष्ठ उपाध्यक्ष सुजन लम्साललगायत विभिन्न कलाकारहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति नयाँ बसपार्क र लोकदोहोरी व्यवसायी संघ नेपालको संयुक्त आयोजनामा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । भरखरै सम्पन्न प्रतिष्ठान उपत्यका समन्वय नयाँ बसपार्क समितिको दोस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष अञ्चल शाहीको संयोजनमा आयोजित कार्यक्रममा काठमाडौँको मित्रनगर- २६ म्हीपीको पुलदेखि गोंगबु चोकसम्मको सडक शनिबार बिहान सरसफाई गरेको हो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटा, वरिष्ठ उपाध्यक्ष सुजन लम्साललगायत विभिन्न कलाकारहरुको सहभागिता रहेको थियो । नयाँ बसपार्क समितिका नवनियुक्त अध्यक्ष शाहीले आफु निर्वाचित भएपछी यो जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

आगामी दिनमा पनि यस्तै कार्यक्रम गरिने उनले बताए । ”यो हाम्रो सानो सुरुवात मात्रै हो, सानो सुरुवातबाटै समाजमा जनचेतना फैलाउने उद्देश्यले यो आयोजना गरिएको हो, अबका दिनमा अझै बृहत सामाजिक अभियान गरिनेछ, ” अध्यक्ष शाहीले भने । सोही क्रममा उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले पनि प्रतिष्ठानका ९ ओटै समितिले क्रमिकरुपमा यस्तै कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

‘सामाजिक कामको सुरुवात नै सानोबाट गरिने हो, काठमाडौँको धेरै क्षेत्रमा फोहोरले दुर्गन्ध फैलिएको छ, हामीले यसभन्दा अघि पनि केही स्थानहरुमा सरसफाई गरेका थियाैँ र अबका दिनमा अझै नगर तथा महानगर प्रसाशनसँग सम्झौता गरेर जनचेतनामुलक कार्यलाई अघि बढाउने छौं,’ उनले भने । यस कार्यले सरकारलाई पनि सघाउ पुर्याउने अध्यक्ष सापकोटाले दाबी गरे । कार्यक्रमको सौजन्य शान्ती दोहोरी साँझका सञ्चालक कमल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !
जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !
दशैंको पीडा बोकेर आयो राम थापा शिशिरको ‘पासपोर्ट झोलामा’
दशैंको पीडा बोकेर आयो राम थापा शिशिरको ‘पासपोर्ट झोलामा’
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?