singel post top banner

नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, जेठ ७, २०७७
|
|
१७५६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार

सारांश

  • साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले अतिक्रमित भूमि सहितको नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन हुनु सकारात्मक भन्दै सरकारलाई धन्यवाद दिएका छन ।
  • साझा पार्टीले सरकारलाई नेपालको नयाँ नक्सा सार्वजनिक गर्न दवाव दिदै आएको सन्दर्भमा अन्य दलहरु,नागरिक समाज र प्रवुद्ध वर्ग सवैको दवाव र आक्रोशलाई सरकारले सम्वोधन गरेको भन्दै सरकार धन्यवादको पात्र भएको नेता परियारले टिप्पणी गरेका हुन ।
  • सामाजिक संजालमा प्रतिकृया दिंदै नेता परियारले लेखेका छन ‘नयाँ नक्सा प्रकाशन सकारात्मक कदम: नहुनु मामा भन्दा मित मामा जाति, अव अझ मजवुत कुटनीतिक पहल आवश्यक छ ।

साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले अतिक्रमित भूमि सहितको नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन हुनु सकारात्मक भन्दै सरकारलाई धन्यवाद दिएका छन । साझा पार्टीले सरकारलाई नेपालको नयाँ नक्सा सार्वजनिक गर्न दवाव दिदै आएको सन्दर्भमा अन्य दलहरु,नागरिक समाज र प्रवुद्ध वर्ग सवैको दवाव र आक्रोशलाई सरकारले सम्वोधन गरेको भन्दै सरकार धन्यवादको पात्र भएको नेता परियारले टिप्पणी गरेका हुन ।

सामाजिक संजालमा प्रतिकृया दिंदै नेता परियारले लेखेका छन ‘नयाँ नक्सा प्रकाशन सकारात्मक कदम: नहुनु मामा भन्दा मित मामा जाति, अव अझ मजवुत कुटनीतिक पहल आवश्यक छ । सडक, सदन, अभियान सवै कोणवाट अतिक्रमित भूमिलाई छोड्न लगाउन एक हौं । हाम्रो सहयोग, ऐक्यवद्धता र रचनात्मक दवाव सदा हुनेछ ।, नेता परियारले थप टिप्पणी गर्दै लेखेका छन ‘अव नक्सा हाम्रो हातमा, अतिक्रमित जमीन भारतको साथमा हुन नदिन अव्वल कुटनीतिक पहल/ दवाव वढाऔं !!!, पछिल्लो समयमा भारतले कयौँ ऐतिहासिक दस्तावेज तथा नक्साहरूले प्रमाणित गरेको नेपाल-भारत सीमालाई समेत बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ ।

भारतले भर्खरै लिपुलेक भएर चिनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने साझा पार्टीको वुझाई छ । साझा पार्टीले नेपालको अतिक्रमित भूभाग छोड्न भारतलाई आग्रह गर्दै दवाव स्वरुप लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा तत्काल सार्वजनिक गर्न यस अघिनै सरकारसंग माग गरेको थियो भने नेपाल र भारतबीच भएका सहमति, सम्झौता र व्यवस्थापनको पुनरावलोकन गर्ने र बदलिँदो समयको आवश्यकताका आधारमा दुबै सरकारलाई सिफारिस गर्ने उद्देश्य अनुरुप दुई देशले २०७२ सालमा गठित नेपाल-भारत प्रवुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार गरेको ईपीजी प्रतिवेदन ग्रहण गरेर त्यसमा सुझाइएका सिफारिस कार्यान्वयन गरी सदीयौंदेखिको नेपाल-भारत बीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउन साझा पार्टीले दुवै देशका सरकारलाई आग्रह गरिसकेको छ ।

साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले कुटनीतिक,राजनीतिक,रणनीतिक पहल गर्दै उच्च स्तरीय कुटनीतिक वार्ता मार्फत अतिक्रमित भूमी र सीमा विवाद सुल्झाउन आग्रह गरेका छन । ‘नयाँ नक्साको नसामा तमाम अतिक्रमित भूमि, विवादित सीमा र नाकाको समस्या अधकल्चो नहोस समयमै सल्टाऔं ।,

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन
जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन
जेठ १६ गतेदेखि ३० गतेसम्म  मुग्लिनको सडक बन्द
जेठ १६ गतेदेखि ३० गतेसम्म मुग्लिनको सडक बन्द
गुरुङ कथानक चलचित्र तमुस्यो (गुरुङसेनी) बैशाख १४ गते बिहान ठिक ११ श्री रानीदेबी पार्टी प्यालेस, सामाखुसी (पुरानो बिश्व हल) मा स्पेशल शो हुने
गुरुङ कथानक चलचित्र तमुस्यो (गुरुङसेनी) बैशाख १४ गते बिहान ठिक ११ श्री रानीदेबी पार्टी प्यालेस, सामाखुसी (पुरानो बिश्व हल) मा स्पेशल शो हुने
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे
सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न
गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै
गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?