singel post top banner

भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, फाल्गुन २, २०८२
|
|
३४३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र

सारांश

  • काठमाडौ ।
  • श्रम संस्कृति पार्टी ले युवामुखी अभियानलाई तीव्र बनाउँदै भोजपुरको रामप्रसादराई गाउँपालिका–७ बासिखोरामा जेन्जी युवा संगठन (Gen-Z Youth Organization) गठन गरेको छ।
  • “श्रम नै सम्मान हो, श्रम नै समृद्धि हो” भन्ने मूल मन्त्रसहित श्रमको सम्मान, उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायको आधारमा अघि बढिरहेको पार्टीले पछिल्लो समय युवाहरूलाई संगठनात्मक ढाँचामा आबद्ध गर्ने रणनीति अघि सारेको जनाएको छ।
काठमाडौ । श्रम संस्कृति पार्टी ले युवामुखी अभियानलाई तीव्र बनाउँदै भोजपुरको रामप्रसादराई गाउँपालिका–७ बासिखोरामा जेन्जी युवा संगठन (Gen-Z Youth Organization) गठन गरेको छ। “श्रम नै सम्मान हो, श्रम नै समृद्धि हो” भन्ने मूल मन्त्रसहित श्रमको सम्मान, उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायको आधारमा अघि बढिरहेको पार्टीले पछिल्लो समय युवाहरूलाई संगठनात्मक ढाँचामा आबद्ध गर्ने रणनीति अघि सारेको जनाएको छ।
२०८२ भदौ २३ र २४ गते देशभर देखिएको Gen-Z युवाहरूको विद्रोहले नेपाली राजनीतिमा नयाँ बहसको सुरुवात गरेको सन्दर्भ उल्लेख गर्दै पार्टीले पारदर्शिता, सुशासन, रोजगारी र समान अवसरको मागलाई सकारात्मक दिशामा रूपान्तरण गर्ने उद्देश्यले संगठन विस्तार गरिएको जनाएको छ। सामाजिक सञ्जालमार्फत संगठित युवा पुस्ताले उठाएको आवाज परिवर्तनको संकेत भएको ठहर गर्दै पार्टीले त्यसलाई रचनात्मक राजनीतिक अभ्याससँग जोड्ने प्रयास गरेको बताइएको छ।
तदर्थ समितिको बैठकबाट महत्वपूर्ण निर्णय
मिति २०८२/१०/२९ गते सम्पन्न तदर्थ समितिको बैठकले संगठन सुदृढीकरणका विभिन्न निर्णय पारित गरेको थियो। तदर्थ समितिको नेतृत्व यसप्रकार रहेको छः
तदर्थ समिति (रामप्रसादराई–७, बासिखोरा)
•संयोजक – श्री धन बहादुर राई
•सह–संयोजक – श्री मनोज राई
•सचिव – श्री ईमानसिंह राई
•सह–सचिव – श्री श्रीराम राई
•कोषाध्यक्ष – श्री रन्जीता राई
सदस्यहरू:
श्री जित बहादुर राई, श्री सुजन राई, श्री रबिन राई, श्री दिल कुमार राई, श्री मनि कुमार राई, श्री भीष्म राई, श्री टिकराम राई, श्री सिताहाङ राई, श्री प्रशुराम राई, श्री सत्यहाङ राई, श्री चिताहाङ राई, श्री सुमित्रा राई, श्री मनिमाया राई, श्री युनिस राई।
बैठकले २०८२/११/०१ गते भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तथा प्रत्येक महिनाको अन्तिम शनिबार नियमित श्रमदान अभियान सञ्चालन गर्ने निर्णय समेत पारित गरेको जनाएको छ।
जेन्जी युवा संगठनको विस्तार
यसैगरी २०८२/११/०१ गते जेन्जी युवा संगठन विस्तार गर्ने निर्णय पारित गरिएको छ। नवगठित युवा संगठनको पदाधिकारीहरू यसप्रकार रहेका छन्–
जेन्जी युवा संगठन (Gen-Z Youth Organization)
•संयोजक – श्री सन्तोष राई
•सह–संयोजक – श्री प्रीतिराज राई
•सचिव – श्री सिताराम राई
•सह–सचिव – श्री जिवस राई
•कोषाध्यक्ष – श्री बिमला राई
सदस्यहरू:
श्री बाल कुमार राई, श्री नरतम राई, श्री संगम राई, श्री शिखर राई, श्री शक्तिमान राई, श्री बिजय राई, श्री दुर्गाप्रसाद राई।
पार्टीका अनुसार युवाहरूमा श्रम, अनुशासन र जिम्मेवारीको भावना विकास गर्दै सही नेतृत्व निर्माण र जनचेतना अभिवृद्धि गर्नु संगठनको मुख्य उद्देश्य रहेको छ।
स्थानीय तहबाटै सामाजिक रूपान्तरण, श्रम संस्कार र सकारात्मक राजनीतिक परिवर्तनको अभियान सशक्त रूपमा अघि बढिरहेको पार्टीले जनाएको छ।
प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी
कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।
आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ
आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ
विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको खाना वितरण खबरदारी
विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको खाना वितरण खबरदारी
कोहलपुरमा ASEZ WAO को वृक्षारोपण अभियान, एक हजार बिरुवा रोपिए
कोहलपुरमा ASEZ WAO को वृक्षारोपण अभियान, एक हजार बिरुवा रोपिए
राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन सम्पन्न
राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन सम्पन्न
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?