singel post top banner

YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, जेठ १७, २०८२
|
|
१२८१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा

सारांश

  • काठमाडौं,  जेट १८ देखि २० सम्म: योङ्ग कम्युनिस्ट लिग (YCL) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको तयारी तीव्र बन्दै गएको छ।
  • सम्मेलनको पूर्वसन्ध्यामा बसेको YCL केन्द्रीय पदाधिकारी बैठकमा अध्यक्ष पदका लागि रामेछाप सैपूका ३६ वर्षीय शंकर सिंह पौडेलको नाम चर्चामा आएको छ।
  • YCL निकट उच्च स्रोतका अनुसार, बैठकमा अध्यक्ष पदका लागि १३ जनाले दाबी प्रस्तुत गरे पनि पौडेलको सम्भावना सबैभन्दा प्रवल देखिएको छ।

काठमाडौं,  जेट १८ देखि २० सम्म: योङ्ग कम्युनिस्ट लिग (YCL) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको तयारी तीव्र बन्दै गएको छ। सम्मेलनको पूर्वसन्ध्यामा बसेको YCL केन्द्रीय पदाधिकारी बैठकमा अध्यक्ष पदका लागि रामेछाप सैपूका ३६ वर्षीय शंकर सिंह पौडेलको नाम चर्चामा आएको छ। YCL निकट उच्च स्रोतका अनुसार, बैठकमा अध्यक्ष पदका लागि १३ जनाले दाबी प्रस्तुत गरे पनि पौडेलको सम्भावना सबैभन्दा प्रवल देखिएको छ।

हाल YCL नेपाल केन्द्रीय निर्वाचन आयोगको प्रमुख रहेका पौडेल कुनै गुटविशेषमा नरहेकाले उनलाई स्वच्छ र स्वीकार्य उम्मेदवारका रूपमा हेरिएको स्रोतले जनाएको छ। १४ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहेका पौडेल २० वर्षको उमेरमै अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य बनेका थिए। त्यसपछि २६ वर्षको उमेरमा उनले अखिल क्रान्तिकारीको केन्द्रीय सचिवको जिम्मेवारी समेत सम्हालेका थिए।

माओवादी निकट YCL तथा अखिल क्रान्तिकारी STF फोर्सका उपत्यका सचिव तथा कमान्डरको हैसियतमा पौडेलले शहरी आन्दोलन र सशस्त्र संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। आन्दोलनकालीन अनुभव, संगठकीय क्षमता र हालसम्मको निष्पक्ष भूमिका उनका प्रमुख बलका रूपमा देखिएको स्रोतको भनाइ छ। YCL र माओवादी पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किंदै गएको अवस्थामा पौडेलको सम्भावित अध्यक्ष सम्बन्धमा गम्भीर छलफल सुरु भएको बताइएको छ। सम्मेलनमा अन्तिम निर्णय हुने भए पनि नेतृत्वको दौडमा पौडेलको नाम अग्रपंक्तिमा रहेको बुझिएको छ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
भोटेकोशी बाढीपीडितका लागि ईटि युथ क्लबको राहत अभियान, विभिन्न स्थानमा सामग्री वितरण
भोटेकोशी बाढीपीडितका लागि ईटि युथ क्लबको राहत अभियान, विभिन्न स्थानमा सामग्री वितरण
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
डोमा ह्येल्मोको कालो चस्मा-2 चौरी गोठैमा गीतको भिडियो सार्वजनिक।
डोमा ह्येल्मोको कालो चस्मा-2 चौरी गोठैमा गीतको भिडियो सार्वजनिक।
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
कोहलपुर नगरपालिकाद्वारा ASEZ WAO लाई प्रशंसापत्र, १ हजार बिरुवा रोपियो
कोहलपुर नगरपालिकाद्वारा ASEZ WAO लाई प्रशंसापत्र, १ हजार बिरुवा रोपियो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?