singel post top banner

अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, चैत्र ३१, २०८१
|
|
११३२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल

सारांश

  • काठमाडौं ।
  • पछिल्लो समय बेलायतमा रहेर समाजसेवामा सक्रिय रहेका नेपाली मूलका अन्दिप आचार्यले विश्वकै ठूलो मोटरसाइकल निर्माण गरेर छन् ।
  • झण्डै २९ वर्ष अघि लन्डन पुगेका अन्दिप हाल नटिङ्घम स्थित ‘गोर्खा किचन’ नामक आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।

काठमाडौं । पछिल्लो समय बेलायतमा रहेर समाजसेवामा सक्रिय रहेका नेपाली मूलका अन्दिप आचार्यले विश्वकै ठूलो मोटरसाइकल निर्माण गरेर छन् । झण्डै २९ वर्ष अघि लन्डन पुगेका अन्दिप हाल नटिङ्घम स्थित ‘गोर्खा किचन’ नामक आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। व्यवसायसँगै हार्ले मोटरसाइकलप्रेमी समेत रहेका उनले हालै आफ्नै डिजाइनमा V8 chopper मोटरसाईकल तयार गराएका हुन्, जुन विश्वकै सबैभन्दा ठूलो मोटरसाईकल  मानिएको छ।

झण्डै ९ महिनाको समय लगाएर अमेरिका र जर्मनीमा विभिन्न सामग्री तयार पारिएको उक्त मोटरसाइकल  ८४०० सिसीको क्षमता, ५४० हर्सपावर, ७०० केजी वजन र ३२ लिटरको फ्यूल ट्याङ्कीसहित अत्याधुनिक बनाइएको छ।

मोटरसाइकलको मूल्यबारे खुलाउन चाहँदैनन् अन्दिप, तर उनले आफ्नो संग्रहमा हाल ६ वटा हार्ले, २ वटा V8 चोपर र १ बुलेट मोटरसाइकल गरी कुल ९ वटा विशेष मोटरसाइकल रहेको जानकारी दिएका छन्।

व्यवसाय र बाइकप्रेमसँगै समाजसेवामा अग्रसर रहेका आचार्यले २०७२ सालको विनाशकारी भूकम्पमा डुकाटी र हार्ले बाइक राफल चिठ्ठा मार्फत ४७ लाख रुपैयाँ संकलन गरी विभिन्न भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री—खाद्यान्न, लत्ताकपडा वितरण गरेका थिए।

उनका आमाको नाममा लमजुङको रम्घा-५ स्थित दुईपिप्लेमा ‘पुष्पलता जनएकता बहुमुखी क्याम्पस’ स्थापना गरिएको छ, जहाँ उनी छुट्टिमा नेपाल आएका बेला विद्यार्थीहरूलाई स्कुल ड्रेस, कापी–कलम, झोला वितरण गर्दछन्।

लमजुङस्थित आफ्नै गाउँमा अन्दिपले ‘आनन्ददीप पावर हाउस’ स्थापना गरी गाउँमा विद्युत् सेवा निःशुल्क रूपमा पुर्‍याएका छन्।

त्यस्तै, भाञ्जा बाबुको नाममा राइस मिल स्थापना गरि स्थानीयलाई सहज सेवा दिँदै आएका छन्। सिन्धुलीमा भूकम्पले क्षति पुर्‍याएको एउटा प्राथमिक विद्यालयलाई नयाँ भवन बनाएर पुनः सञ्चालनमा ल्याउने काम पनि उनले गरेका छन्।

त्यसैगरी, काठमाडौंको एनिमल रेस्क्यु संस्था मार्फत् प्रत्येक कुकुर तिहारमा ‘स्ट्रिट डग बाइक र्याली’ आयोजना गर्ने गरेका छन्, जसमा बेलायतबाट आफन्त तथा साथीहरूबाट संकलन गरिएको रकम उनी स्वयं नेपाल ल्याएर सहयोग स्वरूप हस्तान्तरण गर्दछन्। गत वर्ष गरिएको र्याली आठौं संस्करण थियो।

हालै मात्र जर्मनीबाट विश्वकै ठूलो भनिएको V8  मोटरसाइकल लन्डन ल्याएका अन्दिपले उक्त बाइक चलाउन चाहिने आवश्यक कागजात आउन अझै एक महिना लाग्ने बताउँदै, त्यो दिनका लागि निकै उत्साहित रहेको बताएका छन्। उनले भविष्यमा अझै ठूलो बाइक निर्माण गरेर विश्वमा नेपाली पहिचान उजागर गर्ने इच्छा समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता असोज २२ र २३ गते हुँदै
दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता असोज २२ र २३ गते हुँदै
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न
धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न
जेठ १६ गतेदेखि ३० गतेसम्म  मुग्लिनको सडक बन्द
जेठ १६ गतेदेखि ३० गतेसम्म मुग्लिनको सडक बन्द
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
रमेश रसाईलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन
रमेश रसाईलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन
Center of Democratic Engineer’s Nepal (CDEN) को छैठौं महाधिबेशनमा कौशल केसीको कोषाध्यक्ष पदमा उम्मेद्वारी
Center of Democratic Engineer’s Nepal (CDEN) को छैठौं महाधिबेशनमा कौशल केसीको कोषाध्यक्ष पदमा उम्मेद्वारी
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?