singel post top banner

बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, चैत्र १२, २०७५
|
|
१५७५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।

सारांश

  • बझाङको बुङ्गल नगरपालिकामा स्यालको आतङ्क देखिएको छ ।
  • ११ जनालाई स्यालले टोकेर घाइते बनाएको छ ।
  • दिउँसो बाटोमा हिँडिरहेका बेला बुङ्गल नपा–८ को जल्जली र दासापा भन्ने ठाउँमा स्यालले सात जनालाई टोकेर घाइते बनाएको छ ।

बझाङको बुङ्गल नगरपालिकामा स्यालको आतङ्क देखिएको छ । ११ जनालाई स्यालले टोकेर घाइते बनाएको छ । दिउँसो बाटोमा हिँडिरहेका बेला बुङ्गल नपा–८ को जल्जली र दासापा भन्ने ठाउँमा स्यालले सात जनालाई टोकेर घाइते बनाएको छ ।

घाइतेमध्ये केहीको उपचार बुङ्गल नगरपालिका र केहीको जिल्ला अस्पताल सिमखेत चैनपुरमा भइरहेको छ । यसअघि स्यालको टोकाइबाट सोही ठाउँमा घाइते भएकी सुना ऐडीको अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ भने बौलाहा कुकुरको टोकाइबाट दुई बालबालिका घाइते भएका छन् ।

घाइतेमध्ये एकको मुखमा टोकेकाले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर रिफारिश गरिएको जिल्ला अस्पताल सिमखेतले जनाएको छ । स्यालले पशुचौपायालाई पनि टोक्ने गरेको छ ।

बुङ्गल नगरपालिकामै दुई बाख्रा, दुई गाई र एक भैँसीलाई स्यालले टोकेको छ । एक महीनाअघि बुङ्गल नपा–६ झापामा स्यालकै टोकाइबाट चार घाइते भएका थिए ।

करीब एक महीनादेखि स्याल र बौलाहा कुकुरको आतङ्क बढेपछि बालबालिकालाई एक्लै विद्यालय पठाउन र आफूलाई समेत जान डर लाग्ने गरेको बुङ्गल नगरपालिका–५ का स्थानीय वीरबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने
असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने
स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने
स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने
आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आएकी गीतकार प्रतिमा गुरुङको ‘बिस्तारै बिस्तारै’गीतको छायांकनको तयारी
आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आएकी गीतकार प्रतिमा गुरुङको ‘बिस्तारै बिस्तारै’गीतको छायांकनको तयारी
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
क्यान्सर पिडित कमला बिश्वकर्मालाई उपचारार्थ खर्चका लागी सहयोगको अपिल
क्यान्सर पिडित कमला बिश्वकर्मालाई उपचारार्थ खर्चका लागी सहयोगको अपिल
आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ
आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ
शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट
शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?